News Portal

खोटाङ कुवेत सम्पर्क मन्चद्वारा पीडित परिवारलाई आर्थिक सहयोग

कमल सिंह
५३७ पटक

२०७७ साउन १५, बिहीबार
कुवेत – खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको वडा नम्बर ५ लफ्याङका गोबिन्द कटुवालको घरमा यहीँ साउन ७ गते बिद्युत सर्ट भएर आगलागी भएको थियोे।

आगलागी पीडित परिवारलाई खोटाङ कुवेत सम्पर्क मन्चले केहि मात्रामा भएपनी सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सहयोग गरेको छ।

खोटाङ कुवेत सम्पर्क मन्चका अध्यक्ष पन्चु राइले हिमालीसंचारलाई दिएको जानकारी अनुसार पीडित कटुवाल परिवारलाई २१ हजार नेपाली रुपैयाँ सहयोग गरिएको बताए।

उक्त आर्थिक सहयोग हस्तान्तरण नेपाली कांग्रेस खोटाङका पुर्ब जिल्ला पार्टी सभापति तथा पुर्ब जिबिस सभापति बिष्णु कुमार राइ र नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य तथा अनुशासन बिभाग प्रमुख प्रकाश श्रेष्ठ लगायतले गरेका हुन।

यस्तै खोटाङ कुवेत सम्पर्क मन्चका संस्थापक मन्जित चाम्लिङ राइले सम्पूर्ण कुवेतमा कार्यरत खोटाङ्गे दाजुभाइ दिदीबहिनीहरुलाई संस्थामा आबद्ध हुनको लागी पनि आह्वान गर्नुभएको छ।

उहाँले जिल्लाबासीलाई बिपत पर्दा कुवेतमा रहने सम्पुर्ण खोटाङ्गे दाजुभाइ तथा दिदिबहिनीहरुले हातेमालो गर्न समेत अनुरोध गर्नुभएको हो।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...