News Portal

हङकङमा आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, आज सम्म २२ जनाको मृत्यु

हिमाली संचार संवाददाता
४७१ पटक
२०७७ साउन १३, मंगलवार

युवा राई, हङकङ । हङकङमा मंगलवार थप १०६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

हङकङ स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा आज ९८ स्थानीय र ८ जना आयातित गरी १०६ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन् । हङकङमा कोरोना संक्रमितको संख्या २,८८५ पुगेको छ।

कोरोना संक्रमितहरुमा १,५८७ जनाले स्वास्थ्यलाभ लिएर अस्पतालबाट डिस्चार्ज भएका छन्, भने १,१०० जनाको उपचार भइरहेको छ । हङकङमा ४० जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको जनाइएको छ। हङकङमा कोरोना संक्रमणबाट आज सम्म २२ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...