News Portal

हङकङमा आज थप १४५ जनामा कोरोना संक्रमित पुष्टि

हिमाली संचार संवाददाता
४९१ पटक
२०७७ साउन १२,सोमवार

युवा राई, हङकङ। हङकङमा सोमवार थप १४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

हङकङका स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा १४२ स्थानीय र ३ जना आयातित गरी १४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन् । हङकङमा कोरोना संक्रमितको संख्या २,७७९ पुगेको छ।

आयातित संक्रमितहरुमा दक्षिण कोरियाबाट फर्केका एक, फिलिपिन्सबाट आएका एक बच्चा र भारतबाट हङकङ फर्केका पानीजहाजका एक कर्माचारी गरी तीन जना रहेका अधिकारीले बताए । 

हङकङमा आइतवार राती र सोमवार बिहान गरी दुई जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। आइतवार राती ७६ वर्षीया महिला र सोमबार बिहान ९२ वर्षीय पुरुषको क्वीन एलिजाबेथ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...