News Portal

  • हङकङमा आज थप १४५ जनामा कोरोना संक्रमित पुष्टि

    हिमाली संचार संवाददाता
    ४४८ पटक
    २०७७ साउन १२,सोमवार

    युवा राई, हङकङ। हङकङमा सोमवार थप १४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

    हङकङका स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा १४२ स्थानीय र ३ जना आयातित गरी १४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन् । हङकङमा कोरोना संक्रमितको संख्या २,७७९ पुगेको छ।

    आयातित संक्रमितहरुमा दक्षिण कोरियाबाट फर्केका एक, फिलिपिन्सबाट आएका एक बच्चा र भारतबाट हङकङ फर्केका पानीजहाजका एक कर्माचारी गरी तीन जना रहेका अधिकारीले बताए । 

    हङकङमा आइतवार राती र सोमवार बिहान गरी दुई जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। आइतवार राती ७६ वर्षीया महिला र सोमबार बिहान ९२ वर्षीय पुरुषको क्वीन एलिजाबेथ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रानीपोखरीबाट लुटिएको पेस्तोल इलाममा बिक्री, तीन जना पक्राउ

    विराटनगर, मंसिर ९ – भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट चोरी भएको दुई...

    प्रतिनिधिसभा चुनावका लागि एमाले–राप्रपाको दल दर्ता सम्पन्न

    काठमाडौं, मंसिर ९ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले...

    मिराज ढुंगानासहितका जेन–जी मागकर्ता प्रहरीद्वारा अनामनगरतिर धपाइए

    काठमाडौं, मंसिर ९ – प्रधानमन्त्री सुशीला कार्कीलाई मागपत्र बुझाउन पुगेका जेन–जी अभियानका युवाहरूलाई बुधबार बिहान...

    नेपाली कांग्रेसको महाधिवेशन बहस र युवापुस्ताको अपेक्षा

    काठमाडौं, मंसिर ९ – नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्ति नेपाली कांग्रेस अहिले...

    आज २०८२ साल मंसिर ९ गतेको राशिफल

    आज मंसिर ९, २०८२ (नोभेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...