News Portal

  • नेपाली सहयोगी हातहरु, मकाउले गाला डिनर संगै सदस्यका जन्मोत्सव मनायो

    हिमाली संचार संवाददाता
    ५८० पटक
    २०७७ साउन १२, सोमवार

    मकाउ । नेपाली सहयोगी हातहरु, मकाउले हिजो जुलाई २६ तारिख आइतबार ‘गाला डिनर’ कार्यक्रमको आयोजना भव्य रुपमा सम्पन्न गरेको छ । नेपाली सहयोगी हातहरु, मकाउका अध्यक्ष सुदर्शन थापा मगरको अध्यक्षतामा सम्म कार्यक्रमको उद्धाटन संस्थाका निर्देशक उदय वाग्लेले पावर पोइटको माध्यमद्वारा प्रस्तुतीकरण दिनु भएको थियो ।

    आयोजित कार्यक्रमको प्रमुख अथिति स्थानीय मकाउकी leng Fong charity Association of Macau, CEO Ms. Vong Sap Mui को विशेष उपस्थिति रहेको थियो ।

    कार्यक्रमको उद्घाटन प्रमुख अतिथि Ms. Mui, संस्थाका निर्देशक उदय वाग्ले र संस्थाका अध्यक्ष सुदर्शन थापा मगरले संयुक्त रुपमा पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।

    उपस्थित प्रमुख अतिथि र अन्य विदेशी अतिथिहरुलाई दोसल्ला साथै नेपाली ढाका टोपी लगाए दिएर सम्मान गरेका थिए । जस्ले कार्यक्रमको रौनक बढेको थियो । 

    आयोजित कार्यक्रममा गत जुलाई ११ तारिख र १८ तारिख नेपाली सहयोगी हातहरु, मकाउद्वारा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्नु हुने प्रत्येक महानुभावहरुलाई विशेष धन्यवाद सहित कदर पत्र वितरण गरेका थिए ।

    आयोजित कार्यक्रममा नेपाली सहयोगी हातहरु, मकाउको साधारण सदस्यता समेत प्रदान गरिएको थियो।  संस्थाको सदस्य बृहत् हुदै गएको साथै अझ विस्तार गरिने समेत अध्यक्ष थापा मगरले हिमालीसचारसंगको कुराकानीमा बताएका हुन् । अध्यक्ष थापा मगरका अनुसार संस्थाका ढोका सधै खुल्ला रहेको हुनाले नेपाली समुदायका नेपालीका लागि सदस्यता लिन विशेष अनुरोध समेत गरेका छन् । 

    नेपाली सहयोगी हातहरु, मकाउले संस्था गठन भएको समयदेखि में, जुन र डुलाईमा जन्म दिन परेका आफ्ना सदस्यहरुको जन्म दिनको अवसरमा जन्मोत्सव समेत मनाएको छ । आफ्ना १७ जना सदस्यहरुका लागि सामूहिक रुपमा जन्मोत्सवको अवसरमा केक काटेर प्रत्येक सदस्यका लागि सम्मान गरेको थियो ।

    सोही कार्यक्रममा संस्थाका सदस्य गुप्त बहादुर राना मगरलाई गत जुलाई महिनामा सडक कुकुरले टोकेको थियो । पिडीत राना मगरलाई स्वास्थ्यलाभको कामना सहित संस्थाका निर्देशक उदय वाग्लेले मोप १५,०० डलर हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा उपस्थित महानुभावहरुका लागि कोरोना भाइरसका कारण अझै उच्च सतर्कता अपनाउन सर्जिकल माक्स र सेनिटाईजर समेत वितरण गरेको थियो ।

    यो पनि पढ्नुस

    नेपाली सहयोगी हातहरु, मकाउद्वारा रक्तदान कार्यक्रमको आयोजना हुदै

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पूर्व विद्यार्थी मञ्चद्वारा हाजिरी जवाफ सम्पन्न

    रविन्द्र बराल/ मोरङ, साउन २४ – पूर्व विद्यार्थी मञ्चले रङ्गेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत...

    आज २०८२ साल साउन २४ गतेको राशिफल

    आज साउन २४, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ७ बुँदे सहमतिमा बहुबिबाह गर्न पाउनुपर्छ भन्ने सहमति थियो ? – कमला थापा

    २०८२ साउन २३ गते। नेपाली कांग्रेस र एमालेको दुईतिहाइ गठबन्धन सरकार बनाउने ७ बूंदे सहमति...

    कल्याणपुरका मेयर राम पुकार साहविरुद्ध एक लाख घुस प्रकरणमा भ्रष्टाचार मुद्दा

    काठमाडौं, साउन २३ – सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेली एक लाख रुपैयाँ...

    पूर्व स्वास्थ्य राज्यमन्त्री बस्यालको ६७ वर्षको उमेरमा निधन, कांग्रेस सभापति देउवाबाट श्रद्धाञ्जली

    काठमाडौँ, साउन २३ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको आज...