News Portal

नेपाली सहयोगी हातहरु, मकाउले गाला डिनर संगै सदस्यका जन्मोत्सव मनायो

हिमाली संचार संवाददाता
६५१ पटक
२०७७ साउन १२, सोमवार

मकाउ । नेपाली सहयोगी हातहरु, मकाउले हिजो जुलाई २६ तारिख आइतबार ‘गाला डिनर’ कार्यक्रमको आयोजना भव्य रुपमा सम्पन्न गरेको छ । नेपाली सहयोगी हातहरु, मकाउका अध्यक्ष सुदर्शन थापा मगरको अध्यक्षतामा सम्म कार्यक्रमको उद्धाटन संस्थाका निर्देशक उदय वाग्लेले पावर पोइटको माध्यमद्वारा प्रस्तुतीकरण दिनु भएको थियो ।

आयोजित कार्यक्रमको प्रमुख अथिति स्थानीय मकाउकी leng Fong charity Association of Macau, CEO Ms. Vong Sap Mui को विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि Ms. Mui, संस्थाका निर्देशक उदय वाग्ले र संस्थाका अध्यक्ष सुदर्शन थापा मगरले संयुक्त रुपमा पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।

उपस्थित प्रमुख अतिथि र अन्य विदेशी अतिथिहरुलाई दोसल्ला साथै नेपाली ढाका टोपी लगाए दिएर सम्मान गरेका थिए । जस्ले कार्यक्रमको रौनक बढेको थियो । 

आयोजित कार्यक्रममा गत जुलाई ११ तारिख र १८ तारिख नेपाली सहयोगी हातहरु, मकाउद्वारा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्नु हुने प्रत्येक महानुभावहरुलाई विशेष धन्यवाद सहित कदर पत्र वितरण गरेका थिए ।

आयोजित कार्यक्रममा नेपाली सहयोगी हातहरु, मकाउको साधारण सदस्यता समेत प्रदान गरिएको थियो।  संस्थाको सदस्य बृहत् हुदै गएको साथै अझ विस्तार गरिने समेत अध्यक्ष थापा मगरले हिमालीसचारसंगको कुराकानीमा बताएका हुन् । अध्यक्ष थापा मगरका अनुसार संस्थाका ढोका सधै खुल्ला रहेको हुनाले नेपाली समुदायका नेपालीका लागि सदस्यता लिन विशेष अनुरोध समेत गरेका छन् । 

नेपाली सहयोगी हातहरु, मकाउले संस्था गठन भएको समयदेखि में, जुन र डुलाईमा जन्म दिन परेका आफ्ना सदस्यहरुको जन्म दिनको अवसरमा जन्मोत्सव समेत मनाएको छ । आफ्ना १७ जना सदस्यहरुका लागि सामूहिक रुपमा जन्मोत्सवको अवसरमा केक काटेर प्रत्येक सदस्यका लागि सम्मान गरेको थियो ।

सोही कार्यक्रममा संस्थाका सदस्य गुप्त बहादुर राना मगरलाई गत जुलाई महिनामा सडक कुकुरले टोकेको थियो । पिडीत राना मगरलाई स्वास्थ्यलाभको कामना सहित संस्थाका निर्देशक उदय वाग्लेले मोप १५,०० डलर हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा उपस्थित महानुभावहरुका लागि कोरोना भाइरसका कारण अझै उच्च सतर्कता अपनाउन सर्जिकल माक्स र सेनिटाईजर समेत वितरण गरेको थियो ।

यो पनि पढ्नुस

नेपाली सहयोगी हातहरु, मकाउद्वारा रक्तदान कार्यक्रमको आयोजना हुदै

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...