News Portal

हङकङमा आज थप १२८ जनामा कोरोना संक्रमित थपियो

हिमाली संचार संवाददाता
४०३ पटक
२०७७ साउन ११, आइतबार

युवा राई, हङकङ । हङकङमा आइतवार थप १२८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।
स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा १०३ स्थानीय र २५ जना आयातित गरी १२८ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन्। हङकङमा कोरोना संक्रमितको संख्या २,६३४ पुगेको छ।

हङकङमा आयातित संक्रमितहरुमा ८ जना पानीजहाजका कर्माचारीसहित दोहा हुँदै हङकङ आएका भारतीयहरु, फिलिपिन्सबाट फर्केका घरेलु सहयोगीहरु, बंगलादेश, भारत, अमेरिका र स्विजरल्याण्डबाट हङकङ फर्केकाहरु रहेका छन्।

कोरोना संक्रमितहरुमा १,४९५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ९०८ जनाको उपचार भइरहेको छ। ४० जना संक्रमितको अवस्था गम्भीर रहेको जनाइएको छ। हङकङमा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...