News Portal

  • सृजनशिल युवा समाज कुवेतद्वारा पीडितलाई सहयोग

    हिमाली संचार संवाददाता
    ३९५ पटक
    २०७७ साउन १०

    कुवेत – कोरोना संक्रमण बढेपछि कुवेत सरकारले गरेको लकडाउनको बेला पनि कम्पनीले काम लगाएर पैसा नदिएको पिडित नेपालीहरुको भनाई छ।

    कम्पनीले आज दिन्छु, भोली दिन्छु दुई महिनाको एकै पटक दिन्छु भनेर झुक्याउने गरेको गुल्मीका बिनोद महता र उहाँका साथिहरुले सृजनशिल युवा समाजलाई १३ तारिख नै जानकारी गराएका हुन।

    उनीहरु अप्दलिमा अल राकिव कम्पनीमा मार्च अप्रिल मे महिनाको पूरा काम गरेकोे सेलरि नपाए पछि २ महिना बिनाकाम कोठामा राखेको र १३/ ७ /२०२०/ का दिन कम्पनीकै गाडिले जिलिव रोडमा लिएर अलपत्र छोडेपछि उनीहरु आफै जवरजस्ति आफु नेपालबाट आउदा बसेको क्याम्पमा पसे जसोतसो २ वटा कोठामा ३३ जना बस्न त भयो।

    त्यसपछि उहाँहरुलाई खाँनको निकै समस्या पर्ने भएपछि सृजनशिल युवा समाजका अध्यक्ष पुष्कर धामिलाई सम्पर्क गरे तुरुन्तै उहाँले केहिदिनको लागि खाध्यान्नको बेबस्था गरियाे त्यसै बिचमा केहिदिनको लागि मेनपावरको आग्रहमा गौतम उमागाँइले खाध्यान्न त्यसपछि फेरि सकिएपछि सृजनशिल युवा समाजले दोस्रो चरणको राहत दिन शुक्रबार अध्यक्ष पुष्कर धामि, सचिव बबाल ठकुरि, सदस्य भुवन शाह, सदस्य बुद्ध लिम्बू गएर राहत बितरण गरि उहाँहरुको समस्या जस्ताको त्यस्तै दुताबासलाई बुझाइ सक्नु भएको छ।

    यहापनि सम्बन्धित निकायमा उजुरि गरिसकेको छ।दुताबासले र मेनपावरले सृजनशिल युवा समाजलाइ उहाँहरुको समस्याको सावधान गर्ने प्रतिबद्धता गर्नुभएको छ।

    उहाँहरु नेपालबाट SRK म्यानपावर कम्पनीले प्रतिब्यक्ति १ लाख ६० हजार रुपैयाँ लिएको थियो। तर कुवेतमा ३ महिना पूरा काम गरेको र २ महिना बिना काममा गरि पाँच महिनासम्म पनि काम, दाम र माम नपाएको यति खेर सृजनशिल युवासमाज संग सम्पर्क नभएको भए हामी भोकभोकै मर्ने थियौं भन्ने उनीहरुको भनाई छ।

    अझै पनि उनिहरु मध्ये केहिले हामी न्याय नपाए आत्माहत्या गर्न बध्य हुनेछौं भन्नू भएको छ। उहाँहरुले समाजलाई सप्लाईको काम बन्द भएर कम्पनीले आफूहरु अलपत्र परेको पीडितहरुले बताए। उक्त कम्पनीमा कार्यरत कामदारहरुले नेपालबाट आउदा तोकिएको तलवलगायत सेवासुविधा समेत नपाएको बताएका छन्।

    पहिले हामिले म्यानपावर कम्पनीले उद्धार गर्न आग्रह गरे पनि कुनै पहल र सहयोग नगरेको कारण आफूहरुको अबस्था दयनीय बनेको सृजनशिल युवा समाजले पहल गरेपछि मात्रै मेनपावर कम्पनीले र सम्बन्धित निकायले चासो राखेको पीडितहरुले बताएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...