News Portal

यूएईको आबुधाबीमा २०७ औं भानुजयन्ती मनाईयो

हिमाली संचार संवाददाता
७३२ पटक

२०७७ असार ३१, बुधबार
यूएई – नेपाल एशोशिएसन गैर आवासीय नेपाली संघ आरसीसी आबुधाबी युएइले सोमबार असार २९ गते (१३ जुलाई २०२०) आदिकबि भानुभक्त आचार्यको २०७ औं भानुजयन्ती मनाएको छ।

कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो। एनए एनआरएनए आरसीसी आबुधाबीका अध्यक्ष बिश्वदेव शाहको सभापतित्वमा आबुधाबीको साबियास्थित एभरेष्ट पोईण्ट रेष्टुरेन्टमा भएको कार्यक्रममा जनसम्पर्क समिति युएइका उपाध्यक्ष चन्द्र सारु मगरले शुभकामना संदेश दिदै भानुभक्त आचार्यको योगदान र महत्वका बारेमा प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा भानुभक्त आचार्यको साहित्यिक योगदान र प्रेरणाको बारेमा एनए एनसीसीका कार्यबाहक महासचिब केशब नेपाल र सक्रिय अभियन्ता महेश श्रेष्ठ तथा महेश थापाले मन्तब्य दिनुभएकोथियो।


कार्यक्रममा ऋषि पोख्रेल उर्फ शिशीर दूर बस्तीले विभिन्न कबिता, गजल प्रस्तुत गर्नुभएको थियो भने थप रौनक प्रदान गर्न अध्यक्ष शाहले गजल बाचन गर्नुभएको थियो।

एनए एनआरएनए आरसीसी आबुधाबी उपाध्यक्ष रामु शाही ठकुरीले सहजीकरण गर्नुभएको कार्यक्रममा एनए एनसीसी अध्यक्ष प्रकाश कोईराला तथा उपाध्यक्ष नरेश सेनले शुभकामना संदेश पठाउनुभएको थियो।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...