News Portal

हङकङमा टिकटकको विकल्प लाइकी

हिमाली संचार संवाददाता
७१६ पटक
२०७७ आषाढ ३०, मंगलवार

युवा राई, हङकङ। हङकङ १५ देखि ६० सेकेन्डको भिडियो समावेश गर्न सकिने चर्चित मोबाइल एप्लिकेसन ‘टिकटक’लाई हङकङमा बन्द भएको छ। टिकटक बन्द भएसँगै प्रयोगकर्ताले सामाजिक सञ्जालमा धेरै दुःखेसो पोखेका थिए । कतिपय प्रयोगकर्ताले टिकटकको विकल्पका रूपमा ‘लाइकी’ प्रयोग गर्न सुझाइ रहेका छन्।

हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरिएसँगै टिकटकमा प्रतिबन्ध लगाइएको हो। चीन र हङकङको राष्ट्रिय सुरक्षा, अखण्डतामा ह्रास आउने कुनै पनि गतिविधि हुनसक्ने आशंका र अनुसन्धानका लागि प्रतिबन्ध गरिएको हो।

चीनले हङकङमा सञ्चालित सामाजिक सञ्जालका हरेक गतिविधिको जानकारी सञ्जालका निर्मातासँग माग्छ। जानकारी दिन आनाकानी गरे सञ्चालनमा रोक लगाउने गरिन्छ। स्थानीय सञ्चार माध्यमका अनुसार टिकटकपछि अन्य चर्चित सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, गुगल, ट्विटर, टेलिग्राम, लिंकेट आदिमा पनि प्रतिबन्ध हुन सक्ने देखिएको छ । 

चिनियाँ कम्पनीले उत्पादन गरेको टिकटकले आफ्नो १ लाख ५० हजार प्रयोगकर्ता रहेका जनाएको छ। कम्पनीले हङकङमा टिकटक पुनः सुचारु हुने वा नहुने भन्ने विषय आफ्नो हातमा नरहेको बताएको छ। कम्पनीले आफ्ना प्रयोगकर्ताले यसको सट्टा चीनकै स्थानीय ‘डुयिन एप्लिकेसन’ मार्फत टिकटकको प्यास मेट्न सक्ने सुझाएको छ। हङकङमा प्रतिबन्धित टिकटकलाई भारतले पनि सुरक्षाको कारण देखाउँदै रोक लगाएको थियो।

अभिनयप्रतिको लगावलाई छोटो भिडियोमार्फत प्रस्तुत गर्न पाइने र सबैमाझ परिचित हुने अवसरका लागि पनि टिकटक प्रयोग गरिएको हङकङवासी नेपाली समुदायका अधिकांश प्रयोग कर्ताले बताएका छन् । 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...