News Portal

नेपाली सहयोगी हातहरु, मकाउद्वारा पहिलो चरणको रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर)

हिमाली संचार संवाददाता
६२८ पटक
२०७७ आषाढ २७, शनिवार

मकाउ । मकाउमा नेपाली सहयोगी हातहरु, मकाउद्वारा पहिलो चरण अन्तर्गतको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ, दोस्रो चरण अन्तर्गत रक्तदान कार्यक्रम अर्को हप्ता जुलाई १८ तारिख शनिवार पनि रक्तदान कार्यक्रम रहेको अध्यक्ष सुदर्शन थापा मगरले हिमाली संचार संग बताएका छन् । अध्यक्ष थापा मगरका अनुसार नेपाली सहयोगी हातहरु, मकाउले “हरेक रक्तदाता एक जीवन रक्षक हो” भन्ने आफ्ना मुल नारा सहितको रक्तदान कार्यक्रम आज सम्पन्न गरेको हो ।

रक्तदान जस्तो यो पवित्र कार्यक्रममा सहभागी प्रत्येक रक्तदाताका सम्मान स्वरुप “नेपाली सहयोगी हातहरु, मकाउले” आगामी जुलाई २६ तारिख आइतबार दिन विशेष धन्यवाद स्वरुप प्रमाणपत्र सहित संस्थाले मेडल, सेनिटाइजर र माक्स समेत वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष थापा मगरले जानकारी दिएका छन् । 

नेपाली सहयोगी हातहरु, मकाउले आयोजना गरेको कार्यक्रममा मकाउमा रहेको नेपाली समुदाय, अन्य मुलुकको रक्तदाताहरुले समेत सहभागिता जनाएका थिए । हेट्स नेपाल मकाउ शाखाका अध्यक्ष प्रेम कुमार विश्वकर्मा, एनएचएचका प्राविधिक पक्षको विशेष योगदान दिइरहेकी सोफी वाग्ले, उनका मकाउका स्थानीय दुइ साथीहरुले समेत यो महान कार्यक्रममा सहभागिता जनाउदै रक्तदान गरेका थिए । 

नेपाली सहयोगी हातहरु, मकाउले गठन भएको छोटो समयमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ। अन्य, विभिन्न सामाजिक कार्यक्रम समेत सार्वजनिक गर्ने संस्थाका निर्देशक उदय वाग्लेले जानकारी दिएका छन् , नेपाली सहयोगी हातहरु, मराउले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर, रक्तदान जस्तो पवित्र महान कार्यमा सहभागी रक्तदाताहरुलाई विशेष धन्यवाद समेत दिएका छन् ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...