News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • अमेरिकावासी झापालीहरुद्वारा दुई वटा एम्बुलेन्स सहयोग

    हिमाली संचार संवाददाता
    ५०५ पटक
    २०७७ आषाढ १, सोमवार

    राम प्रसाद ढुंगेल/झापा – नेपालको पुर्वी जिल्ला झापाबाट संयुक्त राज्य अमेरिका पुगेका ७२ जना नेपालीहरुले झापामा २ वटा एम्बुलेन्स सहयोग गरेका छन्। अमेरिकामा सक्रिय सामाजिक झापालीहरुको संस्था “झापाली समाज, युएसए”को संयोजनमा झापामा दुई वटा एम्वुलेन्स प्रदान गरेको हो।

    झापाको केचनाकवल गाउँपालिका र झापा गाउँपालिकाको रेडक्रस, शरणामति उपशाखालाई उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको झापाली समाज युएसएका महासचिव निलम विमलीले जानकारी दिएका छन्। झापाली समाज युएसएले साझेदारीमा सन्चालन गर्ने गरी २ वटा एम्बुलेन्स खरिद गर्नका लागि रु १०,५०,०००(दश लाख पचास हजार रुपैयाँ) उपलब्ध गराएको थियो।

    एम्बुलेन्स किन्न लाग्ने आवश्यक पर्ने पचास प्रतिशत रकम गाउँपालिका र रेडक्रसले पाँच लाख पच्चिस हजारका दरले उपलब्ध गराएपछि साझेदारीमा २ वटा एम्बुलेन्स संचालनमा आएका हुन्।

    एक औपचारिक कार्यक्रम गरी एम्बुलेन्स हस्तान्तरण गर्ने योजना बनाएको समाजले कोरनाको कारणले गर्दा बिना कार्यक्रम नै एम्बुलेन्स हस्तान्तरण गरेको र एम्बुलेन्सवाट जिल्लावासीले सेवा लिन थालिसकेको जनाएको छ। यस कार्यका लागि सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरुलाई झापाली समाजले धन्यबाद दिएको छ।

    कोरोना प्रकोपको यो विषम परिस्थितिमा झापाको दक्षिणी भेगमा यी एम्बुलेन्सले धेरै सहयोग पुगेको रेडक्रस शरणामती उपशाखाका अध्यक्ष केसव बजगाईले बताए। केचनाकवल झापाको सवैभन्दा बढी कोरोना संक्रमित साथै पिछडिएको क्षेत्र पनि हो।

    झापामा स्थानीय निकाय र संघसंस्थाहरुले कोरोना प्रकोपको प्रभावका कारणले नेपालको पुर्वी नाकाबाट स्वदेश भित्रिने नेपालीहरुको संख्या अत्याधिक बढेको र कोरोनाको परीक्षणमा समस्या देखिएको कारणले अन्तर्राष्ट्रिय झापाली समाजले विर्तामोडमा कोरोना परिक्षणका लागि पिसिआर मेसिन उपलब्ध गराउन लागेको र यो कार्यमा झापाली समाज युएसएको उल्लेख योगदान हुने झापाली समाज युएसएका अध्यक्ष मुकुन्द ढुंगानाले बताएका छन्।

    एकका लागि एक अभियानको सहकार्यमा स्थापना हुन लागेको परिक्षण क्रेन्द्रका लागि अन्तराष्ट्रिय झापाली समाजले ल्याव किन्न आर्थिक सहयोग गर्ने निर्णय गरिसकेको छ।

    ल्याव खरिद गर्नका लागि आर्थिक सहयोग गर्न अझासले गो-फन्ड मार्फत शुरु गरि सकेको जानकारी दिदै ढुंगानाले सवै अमेरिकावासी नेपालीहरुसंग सहयोगको लागि अपिल गरेको छ।

    एम्बुलेन्समा सहयोग गर्ने दाताहरु ७२ जना हुनुहुन्छ । यसमा अधिक दाताहरु १ सय डलर प्रदान गर्नेहरु छन् भने ५ सय डलरदेखि ५० डलरसम्म आर्थिक सहयोग प्रदान गर्नेहरु छन्।

    प्रतिकृया दिनुहोस्

    पहलगाम आतंकी हमला : लस्कर-ए-तोयबाका तीन आतङ्ककारीको नाम खुले

    काठमाडौं, वैशाख १० – भारतको जम्मु कश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा वैशाख ९ गते भएको आतङ्कवादी...

    एनआरएनएको एकता महाधिवेशनमा डेलिगेट बन्न ३,१८१ जनाको आवेदन, प्रमाणीकरण प्रक्रिया तीव्र

    काठमाडौँ, वैशाख १० — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी एकता महाधिवेशनका लागि डेलिगेट बन्न...

    धरान ११ मा विकासको विवाद: नगरप्रमुख साम्पाङसहित तीन जनाविरुद्ध उजुरी

    धरान, वैशाख १० – धरान उपमहानगरपालिका–११ मा बाटो र ढल निर्माणको विषयलाई लिएर चर्किएको विवादले...

    निजामती विधेयक प्रक्रिया अगाडि बढ्दै, आन्दोलन रोक्न गगन थापाको ट्रेड युनियनलाई आग्रह

    काठमाडौं, वैशाख १० – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती कर्मचारीहरूको आन्दोलन तत्कालका लागि स्थगित...

    कश्मिरको आतङ्ककारी हमलामा परि बुटवलका युवाको निधन, शव आजै नेपाल ल्याइँदै

    काठमाडौं, वैशाख १० – जम्मू–कश्मिरमा भएको आतङ्ककारी आक्रमणमा परी एक नेपाली नागरिकले ज्यान गुमाएका छन्।...