News Portal

अमेरिकावासी झापालीहरुद्वारा दुई वटा एम्बुलेन्स सहयोग

हिमाली संचार संवाददाता
६४० पटक
२०७७ आषाढ १, सोमवार

राम प्रसाद ढुंगेल/झापा – नेपालको पुर्वी जिल्ला झापाबाट संयुक्त राज्य अमेरिका पुगेका ७२ जना नेपालीहरुले झापामा २ वटा एम्बुलेन्स सहयोग गरेका छन्। अमेरिकामा सक्रिय सामाजिक झापालीहरुको संस्था “झापाली समाज, युएसए”को संयोजनमा झापामा दुई वटा एम्वुलेन्स प्रदान गरेको हो।

झापाको केचनाकवल गाउँपालिका र झापा गाउँपालिकाको रेडक्रस, शरणामति उपशाखालाई उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको झापाली समाज युएसएका महासचिव निलम विमलीले जानकारी दिएका छन्। झापाली समाज युएसएले साझेदारीमा सन्चालन गर्ने गरी २ वटा एम्बुलेन्स खरिद गर्नका लागि रु १०,५०,०००(दश लाख पचास हजार रुपैयाँ) उपलब्ध गराएको थियो।

एम्बुलेन्स किन्न लाग्ने आवश्यक पर्ने पचास प्रतिशत रकम गाउँपालिका र रेडक्रसले पाँच लाख पच्चिस हजारका दरले उपलब्ध गराएपछि साझेदारीमा २ वटा एम्बुलेन्स संचालनमा आएका हुन्।

एक औपचारिक कार्यक्रम गरी एम्बुलेन्स हस्तान्तरण गर्ने योजना बनाएको समाजले कोरनाको कारणले गर्दा बिना कार्यक्रम नै एम्बुलेन्स हस्तान्तरण गरेको र एम्बुलेन्सवाट जिल्लावासीले सेवा लिन थालिसकेको जनाएको छ। यस कार्यका लागि सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरुलाई झापाली समाजले धन्यबाद दिएको छ।

कोरोना प्रकोपको यो विषम परिस्थितिमा झापाको दक्षिणी भेगमा यी एम्बुलेन्सले धेरै सहयोग पुगेको रेडक्रस शरणामती उपशाखाका अध्यक्ष केसव बजगाईले बताए। केचनाकवल झापाको सवैभन्दा बढी कोरोना संक्रमित साथै पिछडिएको क्षेत्र पनि हो।

झापामा स्थानीय निकाय र संघसंस्थाहरुले कोरोना प्रकोपको प्रभावका कारणले नेपालको पुर्वी नाकाबाट स्वदेश भित्रिने नेपालीहरुको संख्या अत्याधिक बढेको र कोरोनाको परीक्षणमा समस्या देखिएको कारणले अन्तर्राष्ट्रिय झापाली समाजले विर्तामोडमा कोरोना परिक्षणका लागि पिसिआर मेसिन उपलब्ध गराउन लागेको र यो कार्यमा झापाली समाज युएसएको उल्लेख योगदान हुने झापाली समाज युएसएका अध्यक्ष मुकुन्द ढुंगानाले बताएका छन्।

एकका लागि एक अभियानको सहकार्यमा स्थापना हुन लागेको परिक्षण क्रेन्द्रका लागि अन्तराष्ट्रिय झापाली समाजले ल्याव किन्न आर्थिक सहयोग गर्ने निर्णय गरिसकेको छ।

ल्याव खरिद गर्नका लागि आर्थिक सहयोग गर्न अझासले गो-फन्ड मार्फत शुरु गरि सकेको जानकारी दिदै ढुंगानाले सवै अमेरिकावासी नेपालीहरुसंग सहयोगको लागि अपिल गरेको छ।

एम्बुलेन्समा सहयोग गर्ने दाताहरु ७२ जना हुनुहुन्छ । यसमा अधिक दाताहरु १ सय डलर प्रदान गर्नेहरु छन् भने ५ सय डलरदेखि ५० डलरसम्म आर्थिक सहयोग प्रदान गर्नेहरु छन्।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...