News Portal

नेपाली सहयोगी हातहरु, मकाउद्वारा रक्तदान कार्यक्रमको आयोजना

हिमाली संचार संवाददाता
७२८ पटक
२०७७ जेठ २७, मंगलवार

मकाउ । नेपाली सहयोगी हातहरु, मकाउद्वारा आगामी जुलाई ११ तारीख शनिवार र जुलाई १८ तारीख शनिवार दुई दिन, समय दिनको १० बजेदेखि अपराह्न १ बजे दुबै एउटै समयसम्म निर्धारण गरी मकाउमा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय भएको संधका अध्यक्ष सुदर्शन थापा मगरले जानकारी दिएका छन् ।

संस्थाका अध्यक्ष थापा मगरले मकाउमा रहनु हुने नेपाली दाजुभाई, दिदिबहिनी समक्ष जीवन दान जस्तो, पुण्य कर्ममा सहभागी भएर रक्तदान दिन हुन नेपाली समुदाय समक्ष हार्दिक अपील समेत गरेका छन।

मकाउमा समयको अभाव रहेको हुदा एक महिना लामो समय अधि नै नेपाली समुदायवीच जानकारी गरी उत्साहजनक सहभागिताका लागि अनुरोध समेत गरेका छन् । संस्थाको अध्यक्ष थापा मगरले रक्तदान कार्यक्रमको लागि इच्छुक रक्तदाताले यही जुलाई ५ तारीख आइतबार भित्र आफ्नो नामावली संस्थाका सदस्यहरु समक्ष टिपोर्ट गरी सक्नु पर्ने जानकारी समेत दिएका छन्। 

नेपाली सहयोगी हातहरु, मकाउले गठन भएको छोटो समयमा विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्दै आएको छ। नेपाली सहयोगी हातहरु, मकाउले आगामी दिनको कार्यक्रम समेत निर्धारण गरेको चाडै सार्वजनिक गरिने संस्थाका संयोजक उदय वाग्लेले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...