News Portal

युएईको अबुधाबीमा अब्बल समुहद्वारा राहत वितरण

राम प्रसाद ढुंगेल
४६७ पटक
२०७७ जेठ २४, शनिवार

अबुधाबी ।  कोरोना भाइरसको फैलावटबाट रोजगारविहीन बनेका अबुधाबीबासी नेपालीहरुलाई राहत प्रदान गर्न स्वतन्त्र युवाहरूको अबुधाबी राहत वितरण समुह अब्बल सावित भएको छ । सिमित साधन र श्रोतबीच कुनै संस्थासँग सक्रिय नभएका, स्वतन्त्र युवा समुहले स्वतस्फूर्त रुपमा शुरु गरेको राहत अभियानले प्रभावकारी रूपमा पीडित नेपालीहरुको कोठा कोठामा पुगेर राहत वितरण गरेपछि अबुधाबीमा यो समुहप्रतिको विश्वास चुलिएको छ ।

यो समुहले गत अप्रिल १४ तारिकबाट राहत वितरण शुरु गरेकोमा अहिलेसम्म करिब ३ सय स्थानमा समस्या परेका १ हजार ६ सय जना नेपालीहरुलाई राहत वितरण गरिएको अभियन्ता दुर्योधन कार्कीले बताएका छन् । 

युएईमा अन्य सामाजिक संस्थाले पनि राहत वितरण गरिरहेको परिप्रेक्ष्यमा अबुधाबी एरियामा वास्तविक पीडित नेपालीहरु धेरै रहेको र सबै पीडित नेपालीहरुले राहत पाउन नसकेको अवस्थालाई मध्यनजर गर्दै आफुहरुले स्वतस्फूर्त रकम संकलन गरी राहत वितरण शुरु गरेको अभियन्ता महेश श्रेष्ठले जानकारी दिए । 

पहिला आफ्नै गोजीको रकमबाट खाद्यान्न खरिद गरी कामविहीन भएका, भिजिट भिसामा आएर अलपत्र परेका पीडित नेपालीहरुलाई राहत स्वरुप चामल, दाल, तेल, आलु, प्याज, नुन आदिको पुर्ण खाद्यान्न प्याकेज उपलब्ध गराएको अभियन्ता प्रकाश पौडेलले जानकारी दिए । 

यो समुहबाट वितरण गरिएका सामग्रीहरुमा चामल ७ हजार किलो, दाल ३ हजार किलो, तेल २ हजार लिटर, आलु ३ हजार ५ सय किलो, प्याज ३ हजार किलो, नुन २ हजार किलो, सोयाबिन ५ सय किलो, हल्दी र मसला ५ सय किलो रहेको अभियन्ता कार्कीले बताएका छन् ।

यो समुहलाई युएईमा रहेका मनकारी दाताहरुबाट लगभग ११ हजार ५ सय दिराम, रु.३ लाख ६८ हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको र मुल समितिबाट ६ हजार १ सय दिराम  करिब र १ लाख रुपैयाँ संकलन भएको बताइएको छ । मनकारी दाताहरुबाट छुट्टै तीस हजार दिराम बराबरको खाद्यान्न सामग्री पनि उपलब्ध भएको जनाइएको छ । 

यो समुहलाई नेपाली दूतावास अबुधाबीबाट ५० पोका लुलु हाइपरमार्केटले प्रदान गरेको खाद्यान्न प्याकेट प्राप्त भएको र समुहको मुल समितिबाट पनि ५० ब्याग ५० खाद्यान्न प्राप्त भएर वितरण गरिसकेको अभियन्ता कार्कीले जनाएका छन् ।

पछिल्लो समय दाताहरुले प्रदान गरेको रकमबाट करिब ६ हजार दिरामको सामग्री खरिद गरिएको र समितिमा अहिले ५ हजार ५ सय दिराम बचत रहेको र यो रकमले आगामी १० दिनसम्म राहत वितरण गर्न सकिने मुल समितिले अनुमान गरेको छ । यो समुहले डाबर इन्टरनेसनलबाट प्राप्त  च्यावनप्रास, साबुन, महज तुथ्पेस्ट पनि वितरण गरेको थियो । 

अबुधाबी एरियामा कोही नेपाली भोको नरहोस भन्ने उदेश्यले स्वतस्फूर्त रुपमा संचालित अभियानमा युएईमा कार्यरत उच्च  तहका नेपाली कामदार, ब्यावसायी, पत्रकार र सर्वसाधारण नेपाली पनि छन् ।सहयोगी दाताहरुद्वारा प्राप्त राहतलाई पीडित नेपाली समक्ष पुर्‍याउन पुलको काम गर्ने अबुधाबी राहत समुहमा दुर्योधन कार्की, मनोज सैजु, राजेश श्रेष्ठ, महेश श्रेष्ठ, उमाकान्त पान्डे, रुपेश अधिकारी,  कृष्ण गौतम, शन्कर राज घिमिरे, पुर्ण डुम्रे,  मनोज श्रेष्ठ, भिम श्रेष्ठलगायतका व्याक्तित्व रहेका छन् 

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...