News Portal

कोरियामा कोरोना भाइरस प्रकोप फेरि बढ्यो, सार्वजनिक स्थानमा सभा सम्मेलनमा रोक

जीवन खत्री
३७८ पटक
२०२० जुन २, मंगलबार

सउल – दक्षिण कोरियामा कोरोना भाइरस प्रकोप फेरि बढेको छ। सार्वजनिक स्थानहरुमा सभा सम्मेलनमा गर्न, कुनै पनि कार्यक्रम गर्न सरकारले फेरी रोक लगाएको छ। 

गत २३ तारिखदेखि कोरियाको चर्चित अनलाइन सपिंङ ‘कुपाङ’ बाट संक्रमण फैलिन थालेपछि दक्षिण कोरिया सरकारले पुन: सार्वजनिक स्थलहरूमा जान तथा सभा सम्मेलन गर्न बन्द निर्णय गरेको छ।

 कुपाङबाट फैलिएको कोरोना संक्रमणबाट हाल सम्म १ सय ५७ जना भन्दा धेरै कोरोना संक्रमित भैसकेका छन्। उनीहरूसंग सम्पर्कमा आएका ३ हजार ६ सय भन्दा धेरैको स्वास्थ्य परीक्षण लिएको छ।

राजधानी सउल इन्छन तथा ख्याङ्गिदोमा रहेका संग्रालय, पार्क, थिएटर, ब्युटी पार्लर, रात्री क्लब, आर्ट ग्यालरी लगायतमा मान्छेहरूको भीडभाड हुने ठाउँहरुमा दुई हप्ताका लागि फेरी बन्देज लगाएको छ।

त्यस्तै, जुन १४ सम्मको लागि सभा, सम्मेलन तथा सार्वजनिक रुपमा हुने कार्यक्रमहरु पनि बन्द गर्ने निर्णय सरकारले गरेको छ। अवस्था हेरेर उक्त समय समेत लम्ब्याउन सक्ने स्वास्थ्य मन्त्रालयले बताएको छ।

दक्षिण कोरिया रोग तथा नियन्त्रण केन्द्रका अनुसार हाल सम्म कूल संक्रमितको संख्या ११ हजार ४ सय ६८ छ भने निको हुनेको संख्या १० हजार ४ सय ५ जना पुगेको छ। त्यसैगरी मृत्यु हुनेको संख्या २ सय ७० रहेको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...