News Portal

कोरियामा कोरोना भाइरस प्रकोप फेरि बढ्यो, सार्वजनिक स्थानमा सभा सम्मेलनमा रोक

जीवन खत्री
३९३ पटक
२०२० जुन २, मंगलबार

सउल – दक्षिण कोरियामा कोरोना भाइरस प्रकोप फेरि बढेको छ। सार्वजनिक स्थानहरुमा सभा सम्मेलनमा गर्न, कुनै पनि कार्यक्रम गर्न सरकारले फेरी रोक लगाएको छ। 

गत २३ तारिखदेखि कोरियाको चर्चित अनलाइन सपिंङ ‘कुपाङ’ बाट संक्रमण फैलिन थालेपछि दक्षिण कोरिया सरकारले पुन: सार्वजनिक स्थलहरूमा जान तथा सभा सम्मेलन गर्न बन्द निर्णय गरेको छ।

 कुपाङबाट फैलिएको कोरोना संक्रमणबाट हाल सम्म १ सय ५७ जना भन्दा धेरै कोरोना संक्रमित भैसकेका छन्। उनीहरूसंग सम्पर्कमा आएका ३ हजार ६ सय भन्दा धेरैको स्वास्थ्य परीक्षण लिएको छ।

राजधानी सउल इन्छन तथा ख्याङ्गिदोमा रहेका संग्रालय, पार्क, थिएटर, ब्युटी पार्लर, रात्री क्लब, आर्ट ग्यालरी लगायतमा मान्छेहरूको भीडभाड हुने ठाउँहरुमा दुई हप्ताका लागि फेरी बन्देज लगाएको छ।

त्यस्तै, जुन १४ सम्मको लागि सभा, सम्मेलन तथा सार्वजनिक रुपमा हुने कार्यक्रमहरु पनि बन्द गर्ने निर्णय सरकारले गरेको छ। अवस्था हेरेर उक्त समय समेत लम्ब्याउन सक्ने स्वास्थ्य मन्त्रालयले बताएको छ।

दक्षिण कोरिया रोग तथा नियन्त्रण केन्द्रका अनुसार हाल सम्म कूल संक्रमितको संख्या ११ हजार ४ सय ६८ छ भने निको हुनेको संख्या १० हजार ४ सय ५ जना पुगेको छ। त्यसैगरी मृत्यु हुनेको संख्या २ सय ७० रहेको छ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...