News Portal

नेपाली महाबाणिज्य दूतावास हङकङले जारी गर्यो जरुरी सूचना

युवा राई
१६७१ पटक
२०२० जुन २,मंगलवार

हङकङ  – हङकङ मकाउमा विभिन्न कारणले नेपाल फर्कनु पर्ने बाध्यतामा रहेका नेपाली नागरिकहरुलाई आफ्नो व्याक्तिगत विवरण अध्यावधिक गर्ने सम्बन्धी जरुरी सूचना नेपाली महाबाणिज्य दूतावास हङकङले आज जारी गरेको छ।

नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्ने सम्बन्धी नेपाल सरकारको निर्णय बमोजिम जारी भएको आदेशानुसार कोभिड -१९ का कारण नेपाल फर्कन नपाएका तथा छिट्टै नेपाल फर्कनु पर्ने बाध्यतामा रहेका हङकङ तथा मकाउमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काउने व्यवस्था गर्न लागिएको जानकारी नेपाली महाबाणिज्य दूतावास हङकङले सूचना जारी गरेको हो।

नेपाली महाबाणिज्य दूतावास हङकङले नेपाल फर्कनु पर्ने बाध्यतामा रहेको नेपाली नागरिकहरुले मात्र तल दिइएको लिङमा व्याक्तिगत विवरण भर्न अनुरोध गरेको छ। नेपाली महाबाणिज्य दूतावास हङकङले दिएको लिंकसंगै नेपाल सरकारले निर्धारण गरेको नियम समेत उल्लेख गरेको छ।

नेपाल फर्कने नेपाली नागरिकले हवाई उडान र होटल क्वारेन्टिनको खर्च स्वयम् आफैले व्यहोर्नु पर्नेछ।अनिवार्य रुपमा १४ दिन स्थानीय क्वारेन्टिन वा होटल क्वारेन्टिनमा बस्नुपर्ने छ। 

सरकारले तोके बमोजिमको स्वास्थ्य परीक्षण भएपछि थप ७ दिन अनिवार्य होम क्यारेन्टिनमा समेत बस्नु पर्नेछ।प्रत्येक नागरिकले तोकिएको सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नुपर्नेछ लगायदका नियम उल्लेख गरिएको छ।

नेपालमा रोकिएका १ हज़ार ३ सय जना नेपाली एक महिना अधि हङकङ फर्किन चाहनेहरुलाई गैरआवासीय नेपाली संघ हङकङले नामावली संकलन गरेर नेपाल सरकारलाई आग्रह गरेपछि नेपाल सरकारको कोभिड-१९ उच्चस्तरीय समन्वय समितिमार्फत हङकङ चार्टर्ड उडानको अनुमती दिइएको थियो।

सोमबार नेपाल वायुसेवा निगमको १ वटा वाइडबडी र २ वटा न्यारोबडी जहाज मार्फत हङकङ ल्याएको छ। दुई न्यारोबडी जहाजले १ सय ५५ जनाको दरले र एक वाइडबडी जहाजले २ सय ७२ जना गरेर ५ सय ८२ जना यात्रु हङकङ सुरक्षित अवतरण गरेको हो। त्यस्तै,  अब ३ दिनपछि नेपालमा रोकिएका बाकी यात्रु वायुसेवाको न्यरोबडी मार्फत हङकङ आउने बताइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...