News Portal

रुकुम-जाजरकोट घटनाको बिश्वकर्मा एकता समाज नेपाल कुवेतद्वारा बिरोध

हिमाली संचार संवाददाता
५९० पटक
२०७७ जेष्ठ १६, शुक्रवार

कुवेत – पश्चिम रुकुम चौरजहारी नगरपालिका सोति घटनाको बिरोध जनाउँदै बिश्वकर्मा एकता समाज नेपाल कुवेतले प्रेस विज्ञप्ति जारी गरेको छ।

२१ औं शताब्दीको बैज्ञानिक युगमा पनि नेपाली समाज अझै पनि लैङ्गिक, धार्मिक, साँस्कृतिक, सामाजिक तथा विभिन्न जात-जाति भित्रका कुसंस्कार, अन्धविश्वास, बिकृती विसंगतियुक्त कार्यहरुको लडाइ, समर्थन र प्रचारमा ग्रसित भएको छ।

नेपालको संविधान मै जातको आधारमा भेदभाव गर्नु दण्डनिय भनिए पनि कानुन कार्यान्वयन फितलो हुँदा अहिले पनि समाजमा जातीय भेदभाव बिद्यमान नै छ।

अहिलेको २१ औं शताब्दीमा आउँदा पनि शिक्षित मानिसहरुबाट नै जातीय विभेद हुनु दुर्भाग्यपूर्ण भएको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

पश्चिम रुकुम चौरजहारी नगरपालिका सोतिमा भएको दु:खद घटनामा जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँ निवासी नबराज बि.क र पश्चिम रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा नम्बर ८ सोति निवासी सुस्मा मल्लबीच बिगत ३ बर्ष देखि चल्दै आएको प्रेम सम्बन्धलाई बिबाहमा परिणत गरि बेहुली लिएर आउने भनी प्रेमी नबराजले अन्य साथीहरूलाई पनि लिएर गएको र उक्त बिबाह दलित युवासंग हुन नहुने भन्दै सुस्मा मल्लको परिवार र वडाध्यक्ष डम्बर बहादुर मल्ल सहित सिङ्गो गाउँले नै साङ्घातिक हमला गर्दा नबराज बि.क., टिकाराम बि.क., गणेश बुढा मगर, लोकेन्द्र सुनार, गोबिन्द शाही र सन्जु बि.क.को ज्यान लिएको नरसंहारको बिश्वकर्मा एकता समाज नेपाल कुवेतले प्रेस विज्ञप्ति मार्फत घोर भ्रत्सना गरेको छ।

समाजले उक्त घटनामा मृत्युवरण गरेकाहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

पीडित पक्षबाट दिइएको कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी अनुसार सत्य-तथ्य छानबिन गरि दोषी उपर कुनै सामाजिक, राजनीति, जातिगत, आस्थागत पुर्वाग्रह तथा हस्तक्षेप नगरी प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कारबाहीको जोडदार माग गर्दै नेपाल सरकार, जिल्ला प्रशासन कार्यलय रुकुम-जाजरकोट लगायत सम्बन्धित सरोकारवाला निकाय सबैमा हार्दिक अनुरोध गरेको छ।

प्रेस बिज्ञप्ति यस्तो छ:

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...