News Portal

  • साउदी अरेबियामा कर्फ्यु हटाउने तयारी

    हिमाली संचार संवाददाता
    ६४० पटक
    २०२० मे २६, मंगलबार

    रियाद – साउदी अरेबियाले बिहीबारदेखि लकडाउन केही खुकुलो पार्ने निर्णय गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार मक्काबाहेक पूरा मुलुकमा लगाइएको कर्फ्यु हटाउने तयारी भईरहेको छ।

    यद्यपि मक्कामा २१ जुनदेखि कर्फ्यु  हटाउने निर्णय लागू हुनेछ। ३१ मेपछि आन्तरिक उडान र स्वतन्त्र गतिविधिमा लगाइएको रोक रोक हटाइनेछ तर अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध भने कायम रहनेछ।

    मानिसहरुलाई सार्वजनिक र निजी कम्पनीमा काम गर्ने जाने अनुमति पनि दिइनेछ। बिहीबारदेखि अहिले लगाइएको २४ घण्टे कर्फ्यूलाई घटाएर समय दिउँसो तीनदेखि बिहान ६ बजेसम्ममा झारिएको छ।

    २१ जुन पछि मस्जिदमा नमाज पढ्ने अनुमति हुनेछ। अहिलेसम्म कोरोना भाइरसको कारण ७४ हजार ७ सय ९५ जना मानिस संक्रमित भइसकेका छन् भने ३ सय ९९ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स धादिङको नौबिसेमा दुर्घटना

    धादिङ, कार्तिक १३ — गंगा जमुना गाउँपालिकाको एम्बुलेन्स काठमाडौँबाट फर्किने क्रममा धादिङको नौबिसेमा दुर्घटना भएको...

    रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १३ – रंगेली गौचर गौशालाको ४५ औं साधारण सभा सम्पन्न भएको छ। गोपाष्टमीको...

    रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुने

    बुटवल, कात्तिक १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक...

    बालुवाटार बैठकमा राप्रपाको माग: चुनावअघि नै राजा राख्नुपर्ने सुझाव

    काठमाडौं, कार्तिक १३ – प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले...

    न्यायालयमाथिको आक्रमण कानुनी व्यवस्थामाथि षड्यन्त्र : शंकर पोखरेल

    दाङ, कार्तिक १३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनका नाममा न्यायालयमाथि भएको आक्रमणलाई...