News Portal

  • शहरको मोह सच्चिकै घटेकै रहेछ !

    अनिल कोयी राई
    ८९८ पटक
    २०७७ जेठ १३, मंगलवार

    मैले यो शहरमा बसेको धेरै दशक त भएको छैन। मैले यो शहरमा गाउ धरको जस्तो मिलनसार समाज पनि पाएको छैन। रुना, चन्दु र तीन दोभान संग दाजेर हेर्ने ठाउको त कुरै भएन। विक्रम सम्बत् १९९० सालको भूइचालोले समेत डगमगाउन नसकेको रे चिलिमढुंगा।

    उसैको कुइनेटो हुदै प्रत्येक विहानी झुल्कि रहने न्यानो तापिलो धामको रापले आज सम्म काठमाण्डौ भित्रको धाम नलाग्ने ओझेलमा पनि बाँची रहेको छु। म संग भोकभोकै हिडेका थुप्रै कथाहरु छन्।

    ती थुप्रै कथा मध्ये एउटा छोटो कथा लेख्दैछु त्यो पनि आँधी भाग मात्र लेख्न सोच्दैछु। म रत्न राज्य लक्ष्मी क्याम्पस पढ्थे। हामी थुप्रै साथीहरु त्यही क्याम्पस जान्थौ। हामी आ आफ्नो च्वाइसमा विषय छनौट गरेका थियौ। म संगीत पढ्थे। अरु साथीहरु अरु अरु विषय। अर्को एउटा साथी पत्रकारिता पढ्थ्यो। 

    विधार्थी जीवन अभावका कारण सधै कपन देखि पैदल हिडेर अनाम नगरको बगरै बगर रत्नपार्क नजिकमा रहेको रत्न राज्य लक्षमी क्याम्पस पुग्थ्यौ । हिडेर पुग्नु छ, भोको पेट क्याम्पसको क्यानटिन छिरेर खाजा खाएको रेकर्ड छैन। फर्किन्दा कहिले काही बाटोमा एउटा डुनोट दुइ टुक्रा बाडेर खाएको धेरै उदाहरण छ।

    म र मेरो साथी गल्लिगल्लि बाँटो हिड्दा ठुलठुला सपनाका कुरा, भविष्यका कुरा हुन्थ्यो। मेरो साथीले भन्थ्यो हाम्रो त बडाहरु अनि  छेमाहरुको ठुलठुला धर काठमाडौमा नै छ। हाम्रो चै स्थिति यस्तै भो ! जीन्दगीमा काठमाडौ होइन भने धरानमा एउटा सानो सुन्दर घर बनाउने सपना छ भन्थ्यो। 

    म र मेरो साथीको सधै सस्तै मिठा मिठा सपनाका अनी भविष्यका ठुला कुरा हुन्थ्यो। पछी केटो राम्रै देश गयो। पहिलो छुट्टी आएर धरजम गर्यो। मेरो अनुमान उसले पैसा राम्रो कमाएको हुनु पर्छ। उसको तलव महिनाको अमेरिकन डलर २ हजार भन्दा बढी छ। यो कमाइ नेपाली समुदाय भित्रको अधिकतम कमाइ हो। 

    अचानक अघिल्लो हप्ता फलैचा रेस्टुरेन्ट अगाडी हाम्रो भेट भयो। सञ्चो, विसञ्चो र हाल खबरको कुरा गर्दा गर्दै केटोले कुरा अगाडी थपी हाल्यो। साची के सोच्दै छौ अनिल? अब, म त सधैको लागि गाउँ फर्कीदै छु। म त सधै गाउ नै बस्ने भए।

    मेरो सबै समानहरु टुङ्गो लगाई सके। एउटा दराज घाडो  भयो। सेकेन्ड हेन्ड बेच्ने ठाउँमा पनि कम पैसा दिने रहेछ। महगोमा किनेको समान सस्तोमा बेच्न माया लागि रहेको छ। 

    म झस्किए ! अचम्म मान्दै तिमी त यतै शहर बस्ने सोचमा थियौ। फेरी कमाई पनि राम्रो छ। के भयो र?  फेरी गाउँ जाने? मैले  सोधे,  उसले भन्यो त्यस्तो होइन यार। तत्काल नानीहरुको लागि स्कुल चाही गाउँमा राम्रो छैन। तर गाउँ जस्तो राम्रो कहा छ र ? अब सबैसबै उता गाउधर नै राम्रो छ।

    गाउँ घर कहाँ पहिला जस्तो छ र ? जाबो शहर केही राम्रो छैन। करिब ३ मिनेटसम्म भट्टायो साथीले। मैले पनि ए ए अ अ मात्रै भनी रहें। अनि साथी संग छुट्यौ। शहरको मोह मान्छेहरुलाई सच्चिकै घटेकै रहेछ।

    (लकडाउनको समयमा आफ्नै कथा लेख्ने लेखक संगीतकार हुन।)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...

    मोरङ कारागारको शौचालयमा महिला बन्दी मृत फेला

    विराटनगर, भदौ ११ – जिल्ला कारागार मोरङमा एक महिला बन्दी मृत फेला परेकी छन्। बराहक्षेत्र...

    रौतहटमा रुबी साह हत्या प्रकरण : मुख्य आरोपी पासवान जलेको अवस्थामा पक्राउ

    रौतहट, भदौ ११ – रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले...

    आज २०८२ साल भदौ ११ गतेको राशिफल

    आज भदौ ११, २०८२ (अगस्त २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...