News Portal

सिल्पि संघ कुवेतद्वारा विज्ञप्ति जारी, कडा सजायको माग

हिमाली संचार संवाददाता
९२३ पटक
२०२० मे २५, सोमबार

कुवेत – शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेकोहरुबीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको शव फेला परेको छ। अझै चार जना बेपता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए। सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको शव फेला परेको छ।

सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ। भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन्।

घटनामा संलग्न चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए। घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेद्कारी गालीगलौज गर्दै ढुङ्गामुढा गरेको दाबी गरे।

उनले आफूहरुलाई बेसरी गाली गर्न थालेपछि फर्किएका बताउँदै भने,‘‘फर्किइसकेपछि गाउँलेहरु ढुङ्गामुढा गर्दै लखेट्दै आएपछि हामी भाग्यौँ। कोही कता कोही कता भयौँ। कतिजना भेरी नदीमा हाम्फाल्यौँ।” करिब चार किलोमिटरभन्दा बढीको दुरीसम्म लखेटेको प्रत्यक्षदर्शी उर्मीला घर्तीले जानकारी दिईन्।

भेरी नगरपालिकाबाट १९ जना युवा नवराजकी प्रेमिका १७ वर्षीय युवतीलाई भगाउन भनी गएका थिए। तीमध्ये १२ जना घाइते छन्। यो समाचार तयार पार्दासम्म जाजरकोट जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दोषीमाथि कारवाहीको माग गर्दै धर्ना दिइरहेका छन्।

जिल्ला अस्पतालमा राखिएको मृतकको शव परिवारले बुझ्न मानेका छैनन्। रुकुम पश्चिम जातीय छुवाछुत जिल्ला घोषणा भइसकेको छ।

यता सिल्पि संघ नेपाल कुवेतले उक्त अमानवीय घटनाको घोर निन्दा गर्दै एक्काइसौं शताब्दीमा पनि एउटा सानो जाती भनेर एउटा मान्छेले अर्को मान्छेलाई मान्छे नै हो भन्ने समेत हेक्का नराखेर जातिय भेदभाव गरेर हत्या गर्ने मानव रुपि राक्षसहरुको घृणित कार्यको निन्दा गर्दै यस्ता दानवहरुलाई राज्यले कानुनको दायरा भित्र लिएर हदै सम्मको कार्यवाही गरोस् भन्ने मागसहित प्रेस विज्ञप्ति जारी गरेको छ।

हेरौ यस्तो छ प्रेस विज्ञप्ति:

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...