News Portal

भारतीय भूमिमा नेपालीलाई भोकै मर्न बाध्य नपारियोस् : जनसम्पर्क समिति भारत

हिमाली संचार संवाददाता
४३९ पटक
२०७७ जेठ १०, शनिवार

दिल्ली – नेपाली कांग्रेस निकट भारतस्थित नेपाली जनसम्पर्क समितिले भारतमा रहेका नेपालीलाई सरकारले वास्ता नगरेको गुनासो गरेको छ। पटकपटक अनुरोध गर्दा पनि सरकारले वास्था नगरेको भन्दै जनसम्पर्क समितिले भारतीय भूमिमा भोकै मर्न बाध्य नबनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

सीमा क्षेत्रमा पुगेकाहरुको समेत परीक्षण नगरेरै प्रवेश गराइएको भन्दै समितिले निश्चित मापदण्ड पूरा गरी प्राथमिकताका आधारमा स्वदेश प्रवेश गराउने व्यवस्था मिलाउन माग गरेको छ। केही व्यक्तिहरुलाई दलालहरुले घर पठाइदिने भन्दै नाकामा लिएर अलपत्र पारेको विषयमा समेत जनसम्पर्क समितले सरकारको ध्यानाकर्षण गराएको छ।

समितिका अध्यक्ष बालकृष्ण पाण्डेले महामारी फैलिन नदिने गरी सुरक्षित रुपमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न माग गरेका हुन्। मजदुरीका लागि भारतमा रहेका सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ लगायतका नागरिकहरु हाल स्वदेश फर्किरहेका छन्। कोहीअझै नाकामा अलपत्र परिरहेका छन् भने कोही भारतकै विभिन्न ठाउँमा अलपत्र परेको जनसम्पर्क समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...