मकाउ – गैरआवासीय नेपाली संघ मकाउले लकडाउनका कारण मकाउदेखि नेपाल फर्कन अप्ठ्यारोमा परेका नेपालीहरुको व्यक्तिगत विवरण संकलन शुरु गरेको छ।
नोवेल कोरोना भाइरसका कारण विश्व नजरबन्दमा रहेको अवस्थामा विभिन्न कारणले नेपाल फर्कन समस्यामा परेका नेपालीहरुको व्याक्तिगत विवरण संकलन गर्न लागेको हो।
नोवेल भाइरसले उत्पन्न परिस्थितिका कारण मकाउमा उप्ठ्यारो अबस्थामा रहेका नेपालीहरुको व्यक्तिगत विवरण संकलन गर्न लागेको संधको अध्यक्ष पुर्ण बहादुर गुरुङले बताएका छन्।
अध्यक्ष गुरुङका अनुसार संधले आवश्यक व्याक्तिगत विवरण नाम, ठेगाना, मकाउमा कार्यरत कम्पनी, सम्पर्क नम्बर साथै नेपाल फर्कनु पर्ने कारण सहितका विवरण संकलन शुरु गरेको हो।