News Portal

  • मकाउमा व्याटमिनटन र चेस प्रतियोगिता हुने

    प्रतियोगितामा सहभागी दर्शकहरुका लागि निःशुल्क खाजा पानीको व्यावस्था

    हिमाली संचार संवाददाता
    १०१८ पटक
    २०७७ जेठ ४, आइतबार

    मकाउ । मकाउमा ब्याडमिन्टन र चेस प्रतियोगिता हुने भएको छ। “नेपाली सहयोगी हातहरु” को हिजो शनिवार बसेको संस्थाको बैठकद्वारा मकाउमा रहेका नेपाली समुदायवीच मैत्रीपुर्ण खेल आयोजना गर्ने निर्णय भएको संस्थाका अध्यक्ष सुदर्शन थापामगरले जानकारी दिएका छन्। 

    नेपाली सहयोगी हातहरु भर्खर मकाउमा समाजसेवी उदय वाग्लेको निर्देशक, अर्का समाजसेवी सुदर्शन थापामगरको अध्यक्षतामा गठन भएको नेपाली समुदाय भित्रको एउटा विशेष सामाजिक संस्था हो। जसले मकाउमा रहेका नेपाली समुदायका लागि आवश्यक विशेष भुमिका निर्वाह गर्नका लागि संगठित भएको संस्थाले मकाउमा भर्खरै नेपाली समुदायका लागि स्वास्थ्य सामाग्री सर्जिकल माक्स र सेनिटाइजर वितरण गरेको थियो। 

    मकाउमा पहिलो ऐतिहासिक मैत्रीपुर्ण खेल आगामी मे ३१ तारिख २०२० आइतबार फाइचिकेई इनडोर हलमा आयोजना गर्ने भएको हो। इच्छुक खेलाडीले नेपाली सहयोगी हातहरुको फेसबुक पेजमा म्यासेज गरेर नाम दर्ता गर्न सकिने, संस्थाको सदस्यहरु संग नाम दर्ताका लागि सम्पर्क गर्न सकिने अध्यक्ष थापामगरले बताएका छन् । 

    आगामी मे ३० भित्र खेलाडीले नामावली दर्ता गर्न सकिने, खेल हुने समय विहान ९ बजेदेखि १ बजेसम्म, प्रतिस्पर्धी   प्रत्येक खेलाडीका लागि मोप ५०।- प्रवेश शुल्क, खाजाको ब्याबस्था, विजेता खेलाडीहरुलाई ट्रफी प्रदान गर्ने, खेल हेर्न आउनु हुने दर्शकका लागि खाजा पानीको ब्याबस्था गरिएको संस्थाको संयोजक निर्मला थापामगरले जानकारी दिएकी छिन् । 

    ब्याटमिनटनको सटलकक चण्डि योग्ज्ञाको विशेष प्रायोजक रहेको छ, भने खाजा-पानीको लागि प्रेम बिश्वकर्मा र रोजन लामाको विशेष प्रायोजक रहेको संयोजक थापामगरले जानकारी दिएकी हुन् । मिडिया पाटनरको लागि समाचार सम्प्रेशण गरिरहेको हिमाली संचार डटकम रहेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...