News Portal

गल्ती स्विकार्दै पत्रकार दाहालले गरे आत्मालोचना

हिमाली संचार संवाददाता
८१२ पटक
२०२० मे १६, शनिबार

कुवेत – पत्रकार तोयानाथ दाहालले सामाजिक संजाल फेसबुक म्यासेन्जरमार्फत शिल्पि संघ नेपाल कुवेतकि महिला प्रमुख सरिता बराइलीलाई बिनाकारण अश्लील शब्द प्रयोग गर्दै म्यासेज गरेको घटना बाहिर आएपछि लिखित रुपमै क्षमा मागेका छन।

एनआरएनए एनसिसि कुवेतका सल्लाहकारसमेत रहेका दाहालले सामाजिक संजाल फेसबुक म्यासेन्जरमार्फत सिल्पी संघ कुवेतकि महिला प्रमुख बराइलीलाई अपशब्द प्रयोग गर्दै म्यासेज गरेका थिए।

संघले उक्त घटनालाई गम्भीरतापूर्वक लिदै पत्रकार दाहाललाई सार्वजनिक रुपमा माफि माग्न सुझाव दिदै एक प्रेस विज्ञप्ति जारी गरेपछि उनले आत्मालोचना गरेका हुन।

कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत रहेकी बराईलीले आफू आबद्ध संस्था सिल्पी संघलाई जानकारी गराएपछि संघले सुझावसहित शनिबार बिहानै उक्त बिज्ञप्ती निकालेको थियो।

कोसेली समुहमा आबद्व बरिष्ठ पत्रकार मानिएका दाहाल केही बर्ष पहिला नेपाल पत्रकार महासघ बैदेशिक शाखा कुवेतबाट निस्किएका थिए। पत्रकार दाहाल कुवेतबाटै संचालित तितोपाटी अनलाइनमा आबद्ध छन।

सिल्पी संघद्वारा जारी विज्ञप्ति:

यो पनि पढ्नुहोस:

पत्रकार तोयानाथ दाहालले घरेलु महिला कामदारलाई अश्लील म्यासेज पठाएको भन्दै शिल्पि संघ नेपाल कुवेतद्वारा माफी माग्न सुझाव

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...