News Portal

  • डाबर इन्टरनेशनलद्वारा युएईमा कार्यरत नेपालीहरुलाई राहत प्रदान

    रामप्रसाद ढुंगेल
    ३२९ पटक
    २०७७ जेठ २, शुक्रवार

    युएई । विश्व प्रसिद्ध व्यावसायिक संस्था डाबर इन्टरनेशनलले युएईमा कार्यरत नेपालीहरुका लागि आफ्ना उत्पादनहरु राहत स्वरुप सहयोग गरेको छ । कम्पनीले हर्बल सामग्रीहरु नेपाली समुदाय एनआरएनए यूएईलाई वितरणका लागि उपलब्ध गराएको समन्वयकर्ता द्रोण जंग श्रेष्ठले जानकारी दिएका छन् ।

    वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका नेपाली समुदायका लागि कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरुलाई स्वास्थ्य सामाग्री,  आवस्यक पौष्टिक तत्वयुक्त खाद्य सामाग्रीको अभाव महसुस  गरी खानाको साथै स्वस्थ्य भएर बस्नु पनि पर्ने भएकोले हेन्ड सेनिटाईजर, टुथ पेष्ट, साबुन र पिउनको लागि ग्लुकोज डि लगाएतका २ सय ८७ कार्टुन राहत सामाग्री डावर ईन्टरनेशनलको तर्फवाट नेपाल एसोशिएशन (एनआरएनए, युएई) का उपाध्यक्ष पासाड शेर्पालाई समानुपातिक वितरणका लागि हस्तान्तरण गरिएको सहजकर्ता श्रेष्ठले बताए ।

    डावर ईन्टरनेशनलले यूरोप, अमेरीका, अफ्रिका अनि मिडल ईष्टका मानिसलाई सुहाउने प्रकृतिक हर्बलमा आधारीत सामानहरु बनाउने डाबर ईन्डिया कै भगिनी कम्पनी हो । द्रोण जंग श्रेष्ठ न्यू प्रोडक्ट डेभ्लोपमेन्ट अन्तर्गत क्रिएटिभ टिममा कार्यरत छन् । एनआरएनएले विगत ३२ दिन देखि दुखमा परेको नेपालीलाई राहत वितरण गर्दै आएको र यसमा डाबरले सहकार्य गर्न पाउदा गौरवको अनुभुति भएको सामाजिक अभियन्ता श्रेष्ठले प्रतिक्रिया दिएका छन् ।

    दुबईमा कार्यरत सामाजिक अभियन्ता श्रेष्ठ गौरादह- ३ झापा निवासी हुन । ट्राभहिल डटकमका सन्चालक समेत रहेका श्रेष्ठले डाबर इन्टरनेशनलले उपलब्ध गराएको राहत सामग्रीको मुल्य ९ लाख ८७ हजार रुपैयाँ बरावरको रहेको बताएका छन् । 

    एनआरएनए युएईले उक्त सामाग्री युएईका सात वटै इमिरेट्समा रहेका आफ्नो क्षेत्रीय समन्वय परिषदमार्फत  वितरण गरिरहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...