News Portal

  • कुवेतमा नौ सय बढी नयाँ कोरोना संक्रमित !

    हिमाली संचार संवाददाता
    ७६८ पटक
    २०२० मे १४, बिहीबार

    युग लामा/कुवेत – कुवेतमा कोरोना भाइरसबाट ९ सय ४७ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या बढेर ११ हजार ९ सय ७५ पुगेको छ।

    कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ११ हजार ९७५ जना मध्ये ८४३६ संक्रमितहरुको उपचार भैरहेको छ भने १ सय ७५ जनाको अवस्था गम्भीर साथै १ सय ८८ थप गरि ३४५१ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    पछिल्लो जानकारी अनुसार नयाँ नेपाली संक्रमितको संख्या उल्लेख गरिएको छैन। कुवेतमा अहिलेसम्म ८४ जना नेपाली सङ्क्रमित भएको छ। पछिल्लो २४ घण्टामा ६ जना मृत्‍यु भएको छ। कुवेतमा मृत्यु हुनेको संख्या ८८ पुगेको छ।

    डब्लुएचओका अनुसार विश्वभरिमा कोरोना भाइरसको संक्रमण २०८ देशमा फैलिएको छ। कुवेत सरकारद्वारा मे १० तारिख दिउँसो ४ बजे देखि ३० तारिखसम्म पूर्ण रुपमा लकडाउन आदेश जारी गरिएको छ।

    विश्वब्यापीरुपमा संक्रमितहरुको संख्या बढेसंगै कुवेतमा सबै आउने जाने उडानहरु र सार्बजनिक यातायातहरु अस्थायीरुपमा बन्द गरेको छ।

    साथै सङ्क्रमण नियन्त्रणको लागि कुवेत सरकारले सबै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सिनेमाहल, सपिङमल, सिसाईड र गार्डेनलगायत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बन्द गरेसंगै ब्यस्त सहरहरु सुन्सान अवस्थामा रहेको छ।

    मार्च १ तारिखदेखि नै बन्द गरिएको स्कुल कलेजहरु थप ४ महिना अर्थात् अगष्टको अन्तिम सातासम्म बन्द गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संविधानभित्रै अन्तरिम सरकार गठन गर्न सकिन्छ : सुदन गुरुङ

    काठमाडौँ, भदौ २६ – जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले संविधान खारेज नगरीकै सीमाभित्र अन्तरिम सरकार...

    देशभर पेट्रोलियम पदार्थ पर्याप्त, आपूर्ति सहज रह्ने आयल निगमको दाबी

    काठमाडौँ, भदौ  २६ – नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको जनाएको छ।...

    अहंकारी नेताहरुका कारणले निम्ताएको दुर्गति

    – कमला थापा ०८२ भदौ २६ गते। काठमाण्डौ। जेन्जी साथिहरुलाई थोरै कुरा गर्न मन लाग्यो।...

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...