News Portal

विदेशीले ३ महिनाभित्र यूएई छाड्नुपर्ने

हिमाली संचार संवाददाता
११७८ पटक
२०२० मे १४, बिहिबार

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई)ले सबै किसिमको भिसा उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने निर्णय गरेको छ। यूएईका राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाहयानले बुधबार यस्तो व्यवस्था गर्न निर्देशन दिएका हुन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार मार्च १ भन्दा अगाडि यूएईमा प्रवेश वा बसोवास अनुमतिको अवधि सकिएका मानिसले कुनै जरिवाना बुझाउनुपर्ने छैन। यूएईको फेडेरल अथोरिटी अफ आइडेन्टिफाइ एण्ड सिटिजनसिपका प्रवक्ता बि्रगनडिएर खामिस अल काबीले अहिले छुट पाएका मानिसहरुलाई कुनै जरिवाना नलाग्नुका साथै उनीहरुले मे १८ बाट मुलुक छाड्न पनि पाउने बताए।

यो छुट अवधि तीन महिनासम्म जारी रहने उनको भनाइ छ। यो छुट अवधि सबै इमिरेट्स आईडी र वर्क परमिट सकिएका मानिसहरुको लागि कायम रहने बताइएको छ। अहिले गरिएको निर्णयले कसैलाई पनि निश्चित शर्त पूरा गरेर आफ्नो मुलुक फर्किन नरोक्ने काबीले बताए। मे १८ देखि ३ महिनाभित्रै देश नछाडे जरिवाना तिराउने तयारी छ।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...