News Portal

जनता समाजवादी पार्टीको प्रवास सङ्ठनहरुले निकाल्यो सयुक्त प्रेस बिज्ञप्ती

हिमाली संचार संवाददाता
५४५ पटक

कुवेत -सन १८१६ मा भएको सुगौली सन्धिले कालापानी क्षेत्रलाई नेपालको भूमि हो ,भनेको छ । भारतीय पक्षले विगतमा पटकपटक विवादित भनेर स्वीकार गरेको अवस्थामा पनि निरन्तर हस्तक्षेप हुनु हेपाहा प्रवृत्ति हो भन्ने ठहर गर्दै भारतिय सरकारका केन्द्रिय रक्षा मन्त्रीको उपस्थितिमा भिडीयो कन्फेरेन्स मार्फत लिपुलेक हुदैं तिब्बतको मानसरोबर जाने सडक निर्माण गरी उद्दघाटन गरेको कार्यप्रती “जनता समाजवादी पार्टी- नेपाल”, “प्रवास विशेष प्रदेश समिती” घोर निन्दा र भन्त्सर्ना गर्दछ ।

नेपाल सरकार सिमा जस्तो संवेदनशिल विषयमा गम्भीर हाेेस भन्ने ध्यानाकर्षण गराउदै यथासक्य   सर्वदलिय छलफल गरी नेपाल सरकारले राष्ट्रिय धारणा सार्वजनिक गरोस्‌ ।

हाम्रो देशको राष्ट्रिय स्वाधीनता,सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता कायम गरी विस्तारवाद विरुद्ध एक जुट भै लड्न प्रवास विशेष प्रदेश समिति देश प्रेमि सबैलाई हार्दिक आब्हान गर्दछ ।

राजनीतिक र कूटनीतिक रूपमा नेपाल, चीन र भारत त्रिदेशीय उच्चस्तरिय तहबाट छलफल गरी   वैज्ञानिक किसिमले सीमा समस्याको दिर्घकालिन समाधान गरियोस ।
यदि भारत संग वर्ता सकरात्मक नभएमा अन्तर्राष्ट्रिय अदालतमा समेत नेपाल सरकार जान सकोस्‌ ।
सरकारलाई जागरुक बनाउन देशभक्त नागरिकलाई धरपकड र गिरफ्तार जस्तो निच र निंन्दनिय कार्य तत्काल रोक्न आग्रह गरिन्छ ।छिमेकि संगको मैत्रीपुर्ण सम्बन्ध सुदृढीकरणको सवालमा बराबरि सम्मान्ता साथ अगाडी बढ्ने बाटो खुल्ला गर्नको लागि त्रिदेशीय सम्झौता गर्ने र विश्व महामारिको रुपमा फैलिरहेको कोभिड -१९ नेपाल-भारत खुल्ला सिमाना भएको कारण उच्च खतरा देखिएकोले तत्काल खुल्ला सिमाना स्थायी रुपमा लागु हुनेगरी बन्द गर्न तथा स्वदेश फर्कनेहरुको व्यवस्थित ब्यवस्थापन गर्न समेत हार्दिक अपिल गर्दछौँ ।

मनोज गौतम धन गुरुङ कार्यवाहक मुख्य सचिव अध्यक्ष प्रवास विशेष प्रदेश समिति प्रवास विशेष प्रदेश समिति “प्रवास विशेष प्रदेश समिति” अन्तरगतको “नेपाली समाज” गठन भएका विश्वका २० मुलुकाका अध्यक्ष ज्युहरुको समेत तर्फबाट यो बिज्ञप्ती प्रकाशित गरिएको छ।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...