News Portal

मलेसियामा २० नेपालीमा कोरोना संक्रमण, घर फर्कन २६ सयको आवेदन

हिमाली संचार संवाददाता
४८८ पटक
२०७७ बैशाख २६, शुक्रवार

काठमाण्डौ । मलेसियामा २० जना नेपाली श्रमिकमा कोरोना संक्रमण देखिएको छ । मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय सचिव प्रतिक कार्कीका अनुसार शुक्रबारसम्ममा मलेसियामा २० जना नेपालीमा कोरोना संक्रमण देखिएको हो ।

उहाँकाअनुसार संक्रमित मध्य तीन जना निको भएका छन् । अरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। मलेसियन सरकारले नै संक्रमितको उपचार गरिरहेको कार्कीले बताए । 

‘पछिल्लो समय सुरक्षा गार्डमा पनि संक्रमण भएको भन्ने कुरा आएको छ, तर दूतावासमा आधिकारिक जानकारी आएको छैन’ उहाँले भन्नुभयो, ‘अहिले दूतावासमा जानकारी आएअनुसार २० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।’

बिहीबार साँझ मलेसियन सञ्चारमाध्यम द स्टारले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको एक मलमा ९ जना नेपाली सुरक्षा गार्डमा कोरोना सङ्क्रमण देखिएको जनाएको थियो । 

धर फर्कन २६ सयको आवेदन 

मलेशिया दूतावासले अनलाइनमार्फत संकलन गरेको तथ्याँकअनुसार शुक्रबारसम्म २६ सय जनाले घर फर्कन पाउँ भन्दै आवेदन दिएका छन् । द्वितीय सचिव कार्कीका अनुसार दूतावासले अनलाइनमार्फत आफ्नो विवरण भर्न भनेकोमा शुक्रबारसम्ममा २६ सय जनाले फारम भरेका हुन । 

कोरोनाका कारण कुनै समस्या भएमा अनलाइनमार्फत विवरण भरी आफ्नोबारेमा जानकारी दिन उहाँले अनुरोध गर्नुभएको छ । घर फर्कन नचाहनेले पनि आफ्नो समस्या टिपाउन सक्नेछन् ।

सबै जनाले आफूलाई परेको समस्या दूतावासमा राखेमा कसलाई के समस्या परेको छ भन्ने जानकारी दूतावासलाई हुने र पछि समन्वय गर्न सजिलो हुने कार्कीको भनाई छ । 

भिसा सकिएकाहरु स्वदेश फर्कन पाउने

जनवरी १ देखि भिसा सकिएर मलेसियामा ओभरस्टे भएकाहरु त्यहाँ लकडाउन सकिएको १४ दिनभित्र स्वदेश फर्कन पाउनेछन् । मलेसियाले त्यहाँको लकडाउन सकिएको १४ दिनभित्र फर्कन सक्ने बताए पनि नेपालमा लकडाउन नखुल्दा नेपाली श्रमिकले यो समयमा नेपाल फर्कन पाउने या नपाउने भन्नेबारे कुनै निर्णय भएको छैन । 

मलेसियामा मे १२ अर्थात वैशाख ३० गतेसम्म लकडाउन छ । नेपालमा जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय भएको छ । यसकारण मलेसियामा मे १२ पछि लकडाउन लम्बिएन भने पनि जेठ १८ गतेसम्म नेपालमा अन्तर्राष्ट्रिय उडान नहुने भएकाले ओभरस्टे भएर बसेकाहरु यस अवधिमा फर्कन सक्ने सम्भावना कम छ ।

यसैबीच नेपाली श्रमिकलाई पर्ने असर र फर्कनुपर्ने बाध्यता लगायतका विषयमा सम्बन्धित मन्त्रालयलाई जानकारी गराइएको मलेसियामा रहेको नेपाली दूतावासले जाएको छ । यो समयमा भिसा सकिएर ओभरस्टे भएकाले स्वदेश फर्कंदा कुनै जरिवाना तिर्नु पर्दैन ।

मलेसियामै बस्न चाहने तर भिसा नवीकरण गर्नुपर्नेले भने लकडाउनको अवधि सकिएको एक महिनाभित्र मलेसियाको अध्यागमन कार्यालयमा गएर भिसा नवीकरण गर्न सक्नेछन् । यसरी भिसा नवीकरण गर्दा आफ्नो कम्पनीको आधिकारिक प्रतिनिधिलाई जानकारी गराउनुपर्नेछ ।

जनवरी १ भन्दाअघि नै भिसा सकिएर वा विभिन्न कारणले गैरकानुनी हिसाबले मलेसियामा बसिरहेका श्रमिक भने यो समयमा स्वदेश फर्कन पाउने छैनन् । पहिलेकै नियम अनुसार तोकेको जरिवाना र सजाय भोग्नपर्ने हुन्छ ।

यसरी अवैधानिक हुनेले मलेसियाको अध्यागमन नियमअनुसार बढीमा ३१ सय रिंगिटसम्म जरिवाना तिर्नुपर्छ । अदालत र कानुन अनुसार जेल सजाय पनि हुन सक्छ । 

लकडाउन अवधिको तलब दिनेबारे मलेसियन सरकार मौन

दूतावासका द्वितीय सचिव कार्कीका अनुसार मलेसियाले आफ्ना नागरिकलाई लकडाउनको समयमा सरकार र विभिन्न निकायको समन्वयमा अनुदानको घोषणा गरे पनि विदेशी नागरिकलाई त्यो अनुदान कार्यक्रममा समावेश गरेको छैन । 

कतिपय श्रमिकले पारिश्रमक नपाएको विषयमा आएको गुनासो लिएर रोजगारदातासँग कुरा गर्दा पुरै पारिश्रमिक दिन नसकिनेसम्मको प्रतिक्रिया पाएकोपछि मलेसियाको मानव संशाधन मन्त्रालयलाई यसबारे पत्राचार गरिएको दूतावासले जनाएको छ ।

श्रमिकलाई पूरा तलब दिलाउनका लागि दूतावासले निरन्तर समन्वय गरिरहेको कार्कीको भनाइ छ । खान बस्न लगायत आफूलाई परेका समस्या हटलाइनमार्फत टिपाउन पनि दूतावासले अनुरोध गरेको छ । श्रमिकलाई परेका समस्या समाधानमा प्रयास गरिरहेको दूतावासको भनाइ छ ।रासस 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...