News Portal

मकाउमा भूम्या पुजा सम्पन्न (भिडियो सहित)

हिमाली संचार संवाददाता
८५२ पटक
२०७७ बैशाख २६, शुक्रवार

मकाउ । मकाउमा किरात राई यायोक्खाले उभौली साकेलाको अवसरमा इनडोर भुम्या पुजा सम्पन्न गरेको छ। विश्वभर कोभिड-१९ का कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा मकाउले यो सालको उभौली साकेला चाड इनडोरमा नै भुमी पुजा गरी आफ्नो सास्कृतिक साकेला चाड येलेदोङ ५०८० औ सम्पन्न गरेको हो।

आयोजित कार्यक्रममा किरात राई यायोक्खा मकाउका अध्यक्ष भिम कुमार राई “किरात” को अध्यक्षतामा सम्पन्न कार्यक्रमको शुभकामना महासचिव मंगल राईले दिएका थिए । महासचिव राईले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ कारण विश्वलाई नजरबन्दमा राखिरहेको कारण यो बर्ष इनडोर भित्र पितृ पुजा ( भूम्या पुजा ) गर्न बाध्य भएको उल्लेख उभौली साकेला चाड र बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दै विश्वभर रहनु हुने नेपाली समुदाय उच्च सतर्कता अपनाउन, सुरक्षित रहन अनुरोध समेत गरेका थिए। उपस्थित किरात समुदायले पितृ पुजा गरेर आफ्नो पुर्खाको सम्झनामा यो बर्ष मकाउमा इनडोर पितृ पुजा गरेको हो।  आयोजित कार्यक्रम सदस्य केशव राईले कार्यक्रम संचालन गरेका थिए।

किरात समुदायले गर्मीयामको प्रवेश संगै पितृ र प्रकृतिलाई पुजा गरेर  अन्नवाली राम्रो होस, सप्रियोस् चराचर जगतको पर्यावरणीय प्रणाली अनुसार गर्मी मौसममा वेसीदेखि लेकतीर सितल खोज्न उभो जाने पशुपंक्षी विभिन्न जनावारहरुको नक्कल गर्दै साकेला नृत्य गरेर हर्षोल्लासका साथ किरात समुदायले मनाउने चाड किरात संस्कृति, जीवन पद्धति र दर्शनसंग जोडिएको हुनाले साकेला चाड पितृ, प्रकृति र विज्ञान सम्मत मुन्धुमवितहरुको भनाई रहेको छ। 

मानव उत्पतिकालदेखि नै किरात समुदायले आफ्नो सभ्यता र संस्कृतिको विकास भएसंगै शुरुआत गरेका हुनाले बर्षमा दुई पटक बैशाखे पुर्णीमामा उभौली र मंसीरे पुर्णीमामा उधौली मनाउदै छन्। यस पटक भने किरात राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा केन्द्रिय कार्यालय काठमाण्डौले किरात समुदाय र नेपाली समुदायको लागि विज्ञप्तिमा शुभकामना सहित कोभिड-१९ को कारण देश विदेशमा रहनु हुने किरात तथा गैरकिरात नेपाली समुदायहरु माँझ उभौली साकेला चाड र बुद्ध जयन्तीको अवसरमा सुस्वास्थ्या सहित उच्च सतर्कता अपनाउन समेत अपील गरेको छ। 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...