News Portal

लकडाउन खोल्ने पाकिस्तान सरकारको तयारी

हिमाली संचार संवाददाता
५५७ पटक

रोयटर्स – पाकिस्तानले शनिबारदेखि लकडाउन खुला गर्ने निर्णय गरेको छ। मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा भएपनि आर्थिक क्षतिको सामना गर्न नसक्ने भन्दै लकडाउन खोल्ने निर्णय गरेको हो।

बिहीबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले लकडाउनका कारण धेरै गरिब तथा श्रमिकहरु प्रभावित बनेको भन्दै लकडाउन खोल्न लागेको बताएका छन्।

पाकिस्तानमा ठूलो संख्यामा गरिब तथा मजदुरहरु रहेकाले लकडाउन जारी राख्दा उनीहरुले दैनिक जीवनयापन गर्न नसक्ने प्रधानमन्त्री खानको भनाइ छ। उनले मुलुकमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेकोमा आफूहरु जानकार रहेको बताए।

यद्यपि पाकिस्तानमा अपेक्षा गरिएअनुसार कोरोना भाइरसको संक्रमण भने नफैलिएको उनको भनाइ छ। ५ सातादेखि लकडाउनमा रहेको पाकिस्तानमा अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या २४ हजार ७३ पुगेको छ। साथै ५ सय ६४ जनाको यो भाइरसको कारण मृत्यु भएको छ।

बिहीबार पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा १ हजार ५ सय २३ नयाँ संक्रमित फेला परेका छन्। एक दिनमा फेला परेका नयाँ संक्रमितको यो संख्या पाकिस्तानको लागि अहिलेसम्मकै सबैभन्दा धेरै हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...