News Portal

तत्कालिन माओवादीले बन्द गरेको संस्कृत शिक्षा फेरि पठनपाठन हुँदै

हिमाली संचार संवाददाता
७९९ पटक
२०७७ वैशाख २६, शुक्रबार

फाइल तस्वीर।
काठमाडौं – तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले थालेको सशस्त्र युद्धका बेला विद्यालयहरूमा संस्कृत विषयको पढाइ बन्द गरियो। त्यसबेला कक्षा ६ देखि पढाइ हुने संस्कृत विषयलाई परम्परागतवादी र ब्रुजुवा भाषा भएको भन्दै माओवादीहरूले पढाउन रोक लगाइएको थियो।

देशभरिका विभिन्न जिल्लामा माओवादीले विद्यालयमा संस्कृत पढाइ हुन रोकेपछि सरकारले नै उक्त विषय पाठ्यक्रमबाट हटाइदिएको थियो।

संयोग नै मान्नुपर्छ, तत्कालित नेकपा (माओवादी)कै नेता हाल शिक्षामन्त्री भएका बेला फेरि संस्कृत पढाइ सुरू हुने भएको छ। नेकपा माओवादी (केन्द्र) र नेकपा (एमाले) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शिक्षामन्त्री भएका बेला संयोगले संस्कृत पढाइ सुरू हुँदैछ।

यसका लागि पाठ्यक्रम विकास केन्द्रले संस्कृत पठनपाठनका लागि नमूना किताबसमेत तयार पारिसकेको छ। सरकारले यसै शैक्षिक शत्रदेखि लागुहुने गरि संस्कृत पठनपाठन गर्ने भएको छ। त्यो पनि कक्षा एकदेखि नै अन्य विषय सरह।

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीको निशानामा परी बन्द भएको संस्कृत पठनपाठन विद्यालयहरूमा फेरि सुरू गर्न लागिएको हो। मातृभाषा नपढाउने स्थानीय तहले त्यहाँका विद्यालयहरूमा कक्षा ८ सम्मको पाठ्यक्रममा अब संस्कृत भाषा अध्ययन समावेश गर्नुपर्नेछ।

कक्षा आठसम्मका लागि पुस्तक तयार पारिँदैछ भने कक्षा एकमा यसै शैक्षिक सत्रदेखि संस्कृत अध्ययन गराइँदैछ। भाषा आयोगले संस्कृत नागरिकको जीवनपद्धतीसँग जोडिएको विषय भएकाले पाठ्यपुस्तक र पाठ्यक्रम तयार पार्न सरकारलाई सिफारिस गरेको थियो।

सोही सिफारिसअनुसार पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा यसै शैक्षिक सत्रदेखि अध्यापन गराउन सकिने गरी संस्कृत भाषाको पाठ्यक्रम तयार पारेको छ। कक्षा एकका विद्यार्थीलाई पठाउन पुस्तकसमेत तयार भइसकेको केन्द्रले जानकारी दिएको छ।

केन्द्रले तयार गरेको संस्कृत पाठ्यक्रमलाई शिक्षामन्त्री गिरिराजमणी पोख्रेल अध्यक्षताको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले गत माघ २ गते नै स्वीकृत गरिसकेको छ। भाषा आयोगले सरकारलाई गरेको सिफारिसमा संस्कृतसँगै अन्य मातृभाषाका पाठ्यक्रम पनि तयार गर्न सुझाएको थियो।

सोही सिफारिसअनुसार पाठ्यक्रम विकास केन्द्रले अवधि, मैथिली, भोजपुरी, गुरुङ, थकाली, थारू, माझी, पाली र भोटलगायत मातृभाषाका पाठ्यक्रम पनि तयार पारिसकेको छ।

पूर्णाङ्क पनि थपियो !

वि.सं.२०५८ अघि विद्यालयहरूमा कक्षा आठसम्म ५० पूर्णाङ्क राखी सरल संस्कृत भाषा पठनपाठन हुने गरेकोमा सरकारले यसपटक १०० पूर्णाङ्ककै पाठ्यक्रम तयार पारेको छ।

द्वन्द्वका कारण पठनपाठन बन्द हुनुअघि कक्षा चारदेखि मात्रै सरल संस्कृत भाषाको पाठ्यक्रम समावेश गरिएको थियो तर अब मातृभाषा नपढाउने स्थानीय तहले कक्षा एकदेखि नै संस्कृत पढाउनुपर्नेछ।

संस्कृत अध्ययन सजिलो बनाउनका लागि सरकारले नेपाली र अंग्रेजीमा पनि पुस्तक तयार पारेको छ। निजीले पनि पढाउँदै सामुदायिक विद्यालयहरुमा पढाई नभए पनि यतिखेर देशका ५० वटा निजी विद्यालयहरूले संस्कृत भाषा पढाइरहेका छन्।

जियर फाउन्डेशनको सक्रियतामा निजी विद्यालयका लागि पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरिसकिएको छ भने देशभरका ५० विद्यालयमा पठनपाठन नै सुरू भइसकेको छ। फाउन्डेशनले सभ्य र सुसंस्कृत एवं नैतिकवान नागरिक तयार पार्न संस्कृत भाषा सहयोगी हुने भन्दै अभियान चलाइरहेको छ।

विश्व नै आकर्षित !

संस्कृत भाषाप्रति अहिले विश्वभरका भाषाप्रेमी र शिक्षालयहरू आकर्षित भइरहेका छन्। अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०३४ भित्र संस्कृत भाषा प्रयोग गरिने कम्प्युटर बजारमा ल्याउने घोषणा गरिसकेको छ।

संस्कृत भाषामा उच्चारण गरिएको ध्वनी अन्तरिक्षमा पनि परिवर्तन नहुने प्रमाणित गर्दै नासाले थप खोज र अनुसन्धानका लागि संस्कृत भाषा उपयोगमा ल्याउन लागेको हो।

नासाले अन्तरिक्षमा सञ्चार गर्न संस्कृत भाषा सबैभन्दा उपयोगी रहेको जनाएको छ। पछिल्लो शताब्दीमा जर्मनी, बेलायत र अमेरिकाले प्राथमिकतामा राखी संस्कृत भाषा अध्ययन अध्यापन अघि बढाइरहेका छन्।

अन्य भाषा राम्रो बनाउन चाहने भाषाअध्येताहरू पनि संस्कृत भाषा अध्ययनमा आकर्षित हुँदै आएका छन्। नेपालकै वाल्मिकी विद्यापीठमा अन्य विषय पढेका सैयौं विद्यार्थी संस्कृत भाषा अध्ययनका लागि भर्ना हुने गरेका छन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...