News Portal

लकडाउनले मुलुक टाट पल्टने हो की यतातिर पनि सोचौं !

राकेश कुमार शर्मा
९६३ पटक
२०७७ वैशाख २५, बिहीबार

लकडाउनले मुलुक टाट पल्टने हो की ? यतातिर पनि सोचौं। विश्लेषण गर्ने हो भने लकडाउन पश्चात पनि कोरोना भाइरसको संक्रमितहरु झन देखिन थाल्यो। लकडाउनले कोरोना भाइरसलाई नियन्त्रण गर्न सकेन।

हाम्रो मुलुकको सन्दर्भमा छिमेकी मुलुक भारतबाट चोरी बाटोहरु भएर नेपाल प्रवेश गर्ने हरु नै कोरोना संक्रमित देखिएकोले कोरोना भाइरसको प्रभाव नेपालमा फेला पर्न शुरुआत भएको छ।

अमेरिका, स्पेन, इटाली र फ्रान्स आदि आदि जस्ता मुलुकहरुमा कोरोना भाइरसले उच्च रक्तचाप मुटु रोगी, सुगर रोगी, आत्मबल कमजोर र डिप्रेसनका कारण मृत्यु भएको तथ्यांकले देखाएको छ। यसकारण लकडाउन मात्र समस्याको समाधान होईन।

नेपालको संवेदनशील क्षेत्र भनेको नै भारतको चोरी नाकाहरुबाट नेपालको भित्री भागहरुको प्रवेशमा रोकथाम कसरी गर्न सकिन्छ त्यतातिर ध्यानाकर्षण हुन जरुरी छ।

१) खुल्ला सीमाका कारण पुरै सेनाको संगठन, सशस्त्र संगठन र प्रहरीको संगठनहरुलाई खटाए पनि नेपालमा लकडाउनले मात्र कोरोना भाइरस रोकथाम र नियन्त्रण हुन सक्दैन।

२) कोरोना भाइरसको लागी पुरै सेनाको संगठन, सशस्त्रको संगठन र प्रहरीको संगठन जति जनशक्ति भएपनी सीमानाको सुरक्षाको लागि अपुग हुन जान्छ।

३) कोरोना भाइरस नियन्त्रणका लागि नेपालको सीमाना कहाँ सम्म हो भन्ने यकिन नभईकन तारबार लगाउन पनि असम्भव छ। प्रष्ट रूपमा नेपालको सीमानाको यकिन हुन जरुरी छ। सीमाना सम्बन्धि समाधान जुनसुकै सरकार आएपनि गर्न सक्दैन। सीमाना सम्बन्धि समाधान अन्तर्राष्ट्रिय मुद्दा बन्न जान्छ। अन्तर्राष्ट्रिय मुद्दा बन्दैमा समस्या समाधान र हल हुन्छ भन्ने छैन ?

४) कोरोना भाइरसको नियन्त्रणका लागि सीमानाको रक्षा गर्न सेनाहरु र सशस्त्र प्रहरीहरु आफै जान पाउने होइन सेनाको संगठन र सशस्त्रको संगठनलाई सरकारले खटाउनका लागी पत्राचार गर्नुपर्ने हुन्छ। सीमाना सुरक्षाको लागी खटाउन नेपालको सरकारमा आँट र साहस हुन पनि जरुरी छ।

५) कोरोना भाइरसको औषधि ननिस्कुनजेल मास्क, सेनिटाइजरको प्रयोग र दुरी कायम बनाएर यात्रा र आवत जावत गर्न दिनु नै सुरक्षित उपाय हो। अब मुलुकलाई टाट पल्टाउने हो भने मात्र लकडाउन बढाउँदै लागे हुन्छ। लकडाउनलाई बिस्तारै बिस्तारै खुकुलो पार्न तर्फ ध्यान दिन जरुरी छ।

स्वतन्त्र नेपाली नागरिक
९८४८०५५७७६, ९८१२४९१३९७

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...