News Portal

  • लकडाउनले मुलुक टाट पल्टने हो की यतातिर पनि सोचौं !

    राकेश कुमार शर्मा
    ८३९ पटक
    २०७७ वैशाख २५, बिहीबार

    लकडाउनले मुलुक टाट पल्टने हो की ? यतातिर पनि सोचौं। विश्लेषण गर्ने हो भने लकडाउन पश्चात पनि कोरोना भाइरसको संक्रमितहरु झन देखिन थाल्यो। लकडाउनले कोरोना भाइरसलाई नियन्त्रण गर्न सकेन।

    हाम्रो मुलुकको सन्दर्भमा छिमेकी मुलुक भारतबाट चोरी बाटोहरु भएर नेपाल प्रवेश गर्ने हरु नै कोरोना संक्रमित देखिएकोले कोरोना भाइरसको प्रभाव नेपालमा फेला पर्न शुरुआत भएको छ।

    अमेरिका, स्पेन, इटाली र फ्रान्स आदि आदि जस्ता मुलुकहरुमा कोरोना भाइरसले उच्च रक्तचाप मुटु रोगी, सुगर रोगी, आत्मबल कमजोर र डिप्रेसनका कारण मृत्यु भएको तथ्यांकले देखाएको छ। यसकारण लकडाउन मात्र समस्याको समाधान होईन।

    नेपालको संवेदनशील क्षेत्र भनेको नै भारतको चोरी नाकाहरुबाट नेपालको भित्री भागहरुको प्रवेशमा रोकथाम कसरी गर्न सकिन्छ त्यतातिर ध्यानाकर्षण हुन जरुरी छ।

    १) खुल्ला सीमाका कारण पुरै सेनाको संगठन, सशस्त्र संगठन र प्रहरीको संगठनहरुलाई खटाए पनि नेपालमा लकडाउनले मात्र कोरोना भाइरस रोकथाम र नियन्त्रण हुन सक्दैन।

    २) कोरोना भाइरसको लागी पुरै सेनाको संगठन, सशस्त्रको संगठन र प्रहरीको संगठन जति जनशक्ति भएपनी सीमानाको सुरक्षाको लागि अपुग हुन जान्छ।

    ३) कोरोना भाइरस नियन्त्रणका लागि नेपालको सीमाना कहाँ सम्म हो भन्ने यकिन नभईकन तारबार लगाउन पनि असम्भव छ। प्रष्ट रूपमा नेपालको सीमानाको यकिन हुन जरुरी छ। सीमाना सम्बन्धि समाधान जुनसुकै सरकार आएपनि गर्न सक्दैन। सीमाना सम्बन्धि समाधान अन्तर्राष्ट्रिय मुद्दा बन्न जान्छ। अन्तर्राष्ट्रिय मुद्दा बन्दैमा समस्या समाधान र हल हुन्छ भन्ने छैन ?

    ४) कोरोना भाइरसको नियन्त्रणका लागि सीमानाको रक्षा गर्न सेनाहरु र सशस्त्र प्रहरीहरु आफै जान पाउने होइन सेनाको संगठन र सशस्त्रको संगठनलाई सरकारले खटाउनका लागी पत्राचार गर्नुपर्ने हुन्छ। सीमाना सुरक्षाको लागी खटाउन नेपालको सरकारमा आँट र साहस हुन पनि जरुरी छ।

    ५) कोरोना भाइरसको औषधि ननिस्कुनजेल मास्क, सेनिटाइजरको प्रयोग र दुरी कायम बनाएर यात्रा र आवत जावत गर्न दिनु नै सुरक्षित उपाय हो। अब मुलुकलाई टाट पल्टाउने हो भने मात्र लकडाउन बढाउँदै लागे हुन्छ। लकडाउनलाई बिस्तारै बिस्तारै खुकुलो पार्न तर्फ ध्यान दिन जरुरी छ।

    स्वतन्त्र नेपाली नागरिक
    ९८४८०५५७७६, ९८१२४९१३९७

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    गृहमन्त्री लेखकद्वारा भिजिट भिसा समस्या दीर्घकालीन समाधानको घोषणा

    काठमाडौँ, असार १०  — गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी समस्या अब दीर्घकालीन रूपमा समाधान...

    एनआरएन एकतामा प्रधानमन्त्री नै बाधक : अध्यक्ष श्रेष्ठ

    अमेरिका, असार १० — गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठले एनआरएनएको...

    ‘डिजिटल खाडल घटाउनु नै युवालाई सशक्त बनाउने मुख्य उपाय’

    काठमाडौँ, असार १० — बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी परामर्श कम्पनी जेनेस...

    इजरायल, इरान र मध्यपूर्वमा रहेका नेपालीहरूलाई सुरक्षित रहन एनआरएनएको आग्रह

    काठमाडौँ, असार १०  — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) ले इजरायल, इराक...

    संसद् अवरोधबारे रणनीति बनाउन रास्वपाको छलफल

    काठमाडौं, असार १० – विदेश जाने भिजिट भिसामा भइरहेको आर्थिक अनियमितता प्रकरणले संसद् अवरुद्ध भइरहेका...