News Portal

अलपत्र नेपालीका पीडा: खानेबस्ने ठेगान छैन, नेपाली दूतावासको फोन उठ्दैन

हिमाली संचार संवाददाता
११६८ पटक
२०२० मे, ६ बुधबार

दिल्ली – कोरोना भाईरस (कोभिड-१९) को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले नेपाली मजदूर समस्यामा परेका छन्। भारतको राजस्थान,महाराष्ट्र, पन्जाव, नयाँदिल्लीलगायतका स्थानमा मजदुरी गर्दै आएका प्युठानी ४ साता देखी फसेका हुन्। उनीहरुले उद्दारका लागि पहल गरिदिन आग्रह गरेका छन्।

राजस्थानको गंगानगरमा होटलमा काम गर्दै आएका नौ बहिनी गाउँपालिका–७ का तारापती सुबेदीले आफूहरु झण्डै ८० जना २५ दिनदेखि यहाँ अलपत्र परेको टेलिफोन मार्फत् जानकारी दिए।

“एउटा सानो कोठामा १२/१५ जना खादिएर बसेका छौँ।” उनले भने, “साहुले मुश्किलले अहिलेसम्म खाना दिएको छ। ”उनले होटल साहुले स्वदेश फर्किन दबाब दिइरहेकाले झन समस्यामा रहेको दुखेसो पोखे।

राजस्थानमै रहेका यामलाल भण्डारीले पनि लकडाउनका कारण नोकरी टुटेपछि आफुहरु बिखर्ची भएको सुनाए। ‘ न खाने कुरा छ, न पैसा , उपाय पनि छैन’ उनले भने, ‘संगै काम गर्न आएका सबैको उहि हालत छ।

“नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा धेरै पटक फोन गर्‍यौँ।” उनले दुखेसो पोख्दै भने, “जत्ती पटक गरे पनि दूतावासको ल्यान्डलाइन उठ्दै–उठ्दैन।”

त्यसैगरी भारतको महाराष्ट्र तालुकामा अलपत्र परेका ऐरावती गाउँपालिका ५ का आयुस रन्जनले लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्था आएको जानकारी दिए।

‘कमाई गरेको पैसा सकियो’ उनले भने,’ अब के खाने, के गर्ने समस्या भयो।’ अब पैदलै हिँड्ने त होला “हुलिएर बसेका छौँ। बाहिर कोरोनाको डर धेरै छ।” उनले भने, उनले कोठाभित्र खादिएर बस्दा अन्य रोगको सङ्क्रमणको जोखिम रहेको बताए।

“यहाँ लकडाउन खुल्नासाथ साहुले घर जान भनिरहेको छ।” उनले भने, “हामीलाई यहाँबाट उद्धार गरिए नेपालमा क्वारेन्टाइनमा बस्थ्यौँ।”
महाराष्ट्रको तालुकामा सराङ्कोट गाउका चालिस बढी फसिरहेको उनले सुनाए।

रन्जनका अनुसार अहिलेसम्म यहाँको सरकारले स्वास्थ्य परीक्षण लगायत अन्य व्यवस्थापनमा कुनै चाँसो देखाएको छैन। त्यसैगरी नयाँ दिल्लीमा अलपत्र नेपालीले पनि उद्धारको याचना गरेका छन्।

प्युठानको सरुमारानी २ का यामु रानाले दिल्ली आसपासको बुद्धनगर नोयडामा ३ सय बढी प्युठानी समस्यामा परेको जानकारी दिए। उनले भने,’अरु जिल्लाको त धेरै छन।

“यहाँ रोगले भन्दा पनि भोकले मर्ने चिन्ता बढि भयो।’ उनले भने,’लकडाउनले काम चलेको छैन, यसरी कति दिन चल्छ हाम्रो जीवन?’हामीलाई पनि हाम्रो सरकारले बस पठाएर उद्धार गरिदिनुपर्‍यो,” उनले भने,’ हामी आफ्नै देशमा गएर क्वारेन्टाईनमा बस्न तयार छौँ।’

खासगरी भारतमा होटेल रेस्टुरेन्ट र चौकीदारको रुपमा काम गर्ने नेपालीहरु झन बढी समस्यामा छन्। लामो समयको लकडाउनका कारण भारतका विभिन्न स्थानमा बसने नेपालीहरु समस्यामा परेको उनीहरुले बताएका छन्। उनीहरुले लकडाउन अबधिभर आफूहरुलाई खानपानको ब्यवस्था मिलाइदिन नेपाल सरकारसँग आग्रह गरिरहेका छन्। – नेसबाट

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...