News Portal

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८३ पुग्याे

हिमाली संचार संवाददाता
६२५ पटक
२०२० मे, ३ आइतबार

कुवेत – कुवेतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित नेपालीको संख्या ८३ पुगेको छ। कुुुुवेतको स्वास्थ्य मन्त्रालयले आइतबार जारी पछिल्लो २४ घण्टाको सार्वजनिक सूचनाअनुसार थप ६ जना नेपालीसहित ३ सय ६४ जनामा कोरोनाको संक्रमण देखिएको हो। ५ जना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा पाकिस्तानी, भारतीय, जोर्डनी र बंगलादेशी कामदार रहेको मन्त्रालयले जनाएको छ। जसमा २ जना भारतीय नागरिक छन्। उनीहरुको उमेर ४३ देखि ६३ रहेको जनाइएको छ।

हालसम्म कुवेतमा नेपाली कामदारको भने मृत्यु भएको छैन। हालसम्म कुवेतमा ८३ नेपालीसहित संक्रमितको संख्या ४ हजार ९ सय ८३ पुगेको छ। त्यस्तै साउदीमा आइतबार १५ सय ५२ जना संक्रमित भएका छन्। साउदीमा संक्रमितको संख्या २७ हजार ११ पुगेको छ। जसमध्ये ३४ जना नेपाली दूतावासको सम्पर्कमा छन्।

यसैगरी कतारमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १५ हजार ५ सय ५१ पुगेको छ। कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६ सय ७९ नया संक्रमित फेला परेका हुन्। एक हजार ६ सय ६४ जना निको भएर घर फर्किएका छन्। आइतबारमात्रै १ सय ३० जना संक्रमित निको भएर फर्केका छन्। जसमा नेपालीको संख्या खुलाइएको छैन।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...