News Portal

युएईमा कोरोनाले ५ नेपालीको मृत्यु, १ सयभन्दा बढी संक्रमित

हिमाली संचार संवाददाता
६२३ पटक

युएई – कोरोना भाइसर ९(कोभिड–१९) को महामारीले विश्वका शक्तिशाली मुलुकलाई नै हायल कायल बनाएको बेला मध्यपुर्वको शक्तिशाली राष्ट्र युएई पनि अछुतो रहेन। युएईमा १४ हजार १ सय ६३ जनामा यो संक्रमण देखिएको छ,भने १ सय २६ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेको छ। युएईको स्वास्थ्य मन्त्रालयका अनुसार २७ सय ६३ जना उपचार पछि निको भएको जनाएको छ।

युएईको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार युएईमा अहिले सम्म १३ लाख ५० हजार भन्दा बढी जनामा कोरोना भाइरसको परिक्षण गरिएको जनाएको छ।

कोरोना भाइरसका कारण गत अप्रिल ६ देखि २४ तारिख सम्म दुबईमा मेट्रो लगाएत अन्य सार्वजनिक आवाजावत ठप्प गरिएको थियो । तर गए हप्ता २५ तारिख देखि भने बिहान ६ बजेदेखि बेलुकी १० बजे सम्म लकडाउनलाई खुकुलो गरिएको छ।

मलहरुमा सजिलै आवातजावतलाई अनुमति दिइएको छ। २८ तारिखदेखि विश्व सबै भन्दा ठूलो मल दुबई मल खुल्ला गरिएको छ। दुबई सरकारले लकडाउन खुकुलो पारेसँगै यहाँको आर्थिक गतिविधि नियमित र सामान्य अवस्थामा फर्कने अनुमान गरिएको छ।

कोरोना भाइरसका कारण युएईमा कति नेपाली प्रभावित भए भन्ने यकिन जानकारी छैन। दुबईमा एक महिनाभन्दा अघि सुरु भएको भएको प्रतिबन्ध र २० दिनसम्म लागेको पूर्णलकडाउनले श्रम गर्ने धेरै नेपाली प्रभावित भएका छन्। नेपाली दुताबास युएईको तथ्यांकअनुसार युएईमा २ लाख ७५ हजार नेपालीहरु कार्यरत छन्।

तीमध्य पनि धेरै जसो नेपालीहरु ‘लो क्याट्यागोरी’मा काम गर्छन्। केही नेपालीहरु सेक्युरिटी, हस्पिटालिटी, अफिस, सेल्स र ब्यापार ब्यवसाय गर्दछन्। यिनीहरू मध्य धेरैले रोजगारी गुमाएका छन्। धेरै नेपालीहरु बेतलबी बिदामा रहेका छन् भने केहीको तलब कटौती भएको छ। अधिकाशं नेपाली ब्यावसाय रेस्टुरा, ट्राभल्स बन्द छन्।

भिजिट भिसामा युएई घुम्न आएका धेरै नेपालीहरु अलपत्र परेका छन्। यहाँ कार्यरत केही गर्भवति महिलाहरु नेपाल फर्कन नपाउदा जटिल समस्या उत्पन्न भएको छ। सयको हाराहारिमा बिद्यार्थीहरू, बिभिन्न कारण बिरामी भएर बसेका नेपालीहरू समस्यामा परेका छन्।

बिना भिसा बसेका, घर फर्कन टिकट लिइसकेका ठुलो संख्यामा रहेका नेपाली कामदारहरू हवाई यातायात बन्दहुँदा नेपाल जान नपाएर अलपत्र परेका छन् ।

नेपालीहरुमा यस महामारी बढेसँगै डिप्रेशनको शिकार बनेका छन्। पछिल्लो एक महिनाको अवधिमा मात्रै ५ जना नेपालीहरुले ज्यान गुमाएको छ। जसमध्ये ३ जनाले आत्माहत्या र २ जनाको हृदयघात भई मृत्यु भएको छ।

विश्व नै कोरोनाको महामारीमा परेको बेला युएईमा रहेका नेपालीहरुको अवस्था पनि के कस्तो छरु भन्ने चासो सबैमा हुन थालेको छ। उनीहरूले युएईमा रहेका नेपालीहरूको सत्यतथ्य बिबरण सार्बजनिक गर्न दुतावासलाई अनुरोध समेत गरेका छन्। तर युएईस्थित नेपाली दुतावासले अधिकारिक तथ्यांङ्क दिन सकेको छैन।

दुतावाससँग कति नेपालीहरु कोरोना भाईरस (कोभिड-१९)को संक्रमणमा परे,कति नेपालीहरुले उपचार पाएरु कोरोनाका कारण कति नेपालीको ज्यान गयोरु भन्ने अधिकारिक तथ्यांङ्क छैन।

नेपाली दुतावास युएईले गत तीन हप्ता पहिलेको तथ्यांकमा ११ जना नेपालीहरु कोरोना भाइरस संक्रमित भएको त्यसमध्य २ जना उपचारपछि निको भएका र ९ जना सामान्य उपचार गराइरहेको तथ्यांङ्क सार्बजनिक गर्दै आएको छ।

नेपाली दुतावास अबुधाबीले आफूहरुसँग सम्पर्कमा आएका नेपालीलाई अस्पतालसम्म लैजान विभिन्न प्रयास गरिरहेको बताएको छ। केही नेपालीलाई आफ्नो अनुरोधमा अस्पताल लगेर उपचार गरिरहेको दूतावासको भनाइ छ।

युएईमा नेपालीहरुले कतिपय केसमा उपचारमा ढिलाइ हुने गरेको गुनासो गरेका छन्। दुतावासले भने सम्बन्धित निकायमा पत्राचार गर्ने गरेको र बिरामीसँग नियमित सम्पर्कमा रही सहयोग पुर्‍याउदै आएको जनाएको छ।

बिदेशमा रहेका नेपालीका सघसंस्थाहरुले कोरोना पीड़ित नेपालीहरुलाई  सहयोग उद्दार गरिरहँदा नेपाल सरकारका समन्धित नियोग नेपाली दुतावास युएई भने लामो समयसम्म किन मौन बस्यो भन्ने बिषय उठ्न थालेको छ। लामो समयपछि दुतावासले गत मंगलबारदेखि युएईमा रहेका नेपाली नागरिकहरूको अनलाइन मार्फत बिबरण संकलन गरेको छ।

नेपाली नागरिकहरूको विवरण संकलन फाराम भर्नेहरूको संख्या हालसम्म ९५२८ पुगेको नेपाली दुतावास युएईले जनाएको छ। दुतावासले नेपाल फर्कन चाहनेहरूको हकमा नेपाल सरकारले कुनै निर्णय गरेमा सामाजिक संजालमार्फत जानकारी गराइने बताएको छ।

यता गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईले कोरोना भाइसर ९कोभिड–१९० संक्रमणका कारण युएईमा पाँच नेपालीको मृत्यु भएको जनाएको छ।गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष प्रकाश कोईरालाका अनुसार युएईमा एक महिला सहित ४ पुरुषको ज्यान गएको हो।

यसैगरि युएईमा एक सय भन्दा बढी नेपाली कोरोना भाइसर (कोभिड-१९)बाट संक्रमित भएको कोइरलाले जानकारी दिए।जसमध्य १५ जना नेपाली उपचारपछि निको भएका छन्।

गैर आवासीय नेपाली संघ (एनआरएनए), युएईले आज २४ औ दिनसम्म  कोरोनाका कारण अलपत्र परेका २ हजार भन्दा बढि नेपालीलाई झण्डै १५ लाख रुपैयाँ बराबरको राहत खाद्दन्न सामाग्री वितरण गरेको बताएको छ। यस्तै नेपाली समाज युएई लगाएत युएईमा भएको क्रियाशिल सघसंस्थाहरूले पनि कोरोना प्रभाबित नेपालीलाई खाध्य सामाग्री विरतण गरेका छन्।

युएईमा रहेका ७ हजार पाँच सय भन्दा धेरै नेपालीहरुले स्वदेश फर्किनका लागि एनआरएनएमार्फत आवेदन दिएका छन्। विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९) का कारण युएईमा समेत प्रभाव पर्न थालेपछि स्वदेश फर्किन चाहने नेपालीको संख्या बढ्दै गएको छ।

एनआरएनए युएई र नेपाली क्युआरएफुको हटलाइनमा प्राप्त सूचना अनुसार ३२ जना कोरोना पोजेटिभले प्रत्यक्ष लाभ लिएका छन्। जसमध्ये १० जना उपचारपछि निको भएर पर्केका, ११ जना सरकारी आइसोलेसनमा, ५ जना कम्पनी, २ जना सेल्फ क्वारेन्टीनमा र ४ जना एम्बुलेन्सको पर्खाइमा रहेका गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईका उपाध्यक्ष तथा क्युआरएफु दुवईका संयोजक पासाङ् शेर्पाले बताए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...