News Portal

मकाउमा कार्यरत नेपालीलाई माक्स र सेनिटाईजर बितरण

हिमाली संचार संवाददाता
१२०६ पटक

रमेश अधिकारी मकाउ चीन – नेपाली सहयोगी हातहरु  NHH मकाउ नामक सस्थाले १३१ औं बिश्व श्रमिक दिवसको अवसर पारेर आज मकाउमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने नेपालीहरुलाई विश्व भर नै महामारीको रुप लिई रहेको कोरोना भाईरसबाट सुरक्षित रहन सचेतना फैलाउने उद्देश्य सहित एक अनौपचरिक कार्यक्रमको आयोजना गरी मास्क तथा सेनिटाइजर बितरण गर्‍यो।

मकाउमा रहेका कम्पनिहरुमा कार्यरत बिभिन्न ब्यक्तिहरुलाई प्रतिनिधि चयन गरी उहाहरुकै माध्यमबाट सम्पूर्ण नेपाली समुदायको हात सम्मै पुर्याउने लक्ष्य सस्थाको रहेको र सके सम्म मकाउमा बस्ने नेपालीहरु कोही पनि नछुटुन भन्ने हाम्रो उदेश्य भएको सस्थाका महासचिब तथा संचार एबं बजार प्रमुख रमेश अधिकारीले बताए ।

उक्त कार्यक्रममा प्रतिनिधि हरुलाई मास्क बितरण गर्दै सस्थाका अध्यक्ष शुदर्शन थापामगरले यो आजको कार्यक्रमले मकाउमा आवासीय तथा श्रमका लागि बसोबास गर्ने सम्पूर्ण नेपालीहरु प्रति आत्मियता ,सामिप्यता र जिम्मेवारीको महसुस गराउदै यो सस्थाले सम्पूर्ण नेपालीसँग हातेमालो गर्दै हामीमा आई पर्ने जस्तो सुकै समस्यामा पनि मिलेर अगाडी बढ्न र समाधान गर्न एकजुट हुनुको बिकल्क छैन भन्दै मकाउमा कुनै पनि कारणले कुनै पनि नेपाली जस्तोसुकै समस्यामा हुनुहुन्छ भने पनि हामीसँग सम्पर्कमा रहन आग्रह गर्दछौ।उनले थपे हामी सम्पूर्ण नेपालीको पिडाको मलम पट्टी बन्न चाहन्छौ।

कार्यक्रममा संस्थाका संयोजक श्रीमती निर्मला थापामगरले पहिलो चरणमा ५००० प्रति मास्क र २००० प्रति सेनिटाइजर बितरण गरेको जानकारी दिइन।कार्यक्रममा नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष चण्डी योङ्या,एन.आर.एन मकाउका कोषाध्यक्ष श्री प्रेम बि.क लगायतका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

दोस्रो चरणको कार्यक्रमका लागि ७००० प्रती सेनिटाइजर र १०००० प्रति मास्क तयारी भइसकेको सस्थाका निर्देशक श्री उदय वाग्लेले जानकारी गराए ।स्मरण रहोस् बितरीत मास्क र सेनिटाइजर निशुल्क रुपमा निर्देशक वाग्लेले उपलब्ध गराएका हुन ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...