News Portal

प्रवासी नेपाली एकता समाजद्वारा युएईमा अलपत्र नेपालीलाई खाद्यान्न सहयोग

हिमाली संचार संवाददाता
११६७ पटक
२०७७ बैशाख १६, सोमवार

दुबइ – लकडाउनका कारण श्रम गर्न दुबइ गएका श्रमिकहरु अलपत्र परेका छन्। नोवेल कोरोना भाइरसका कारण कम्पनी बन्द हुदा उनीहरु अलपत्र परेका हुन्।

प्रवासी नेपाली एकता समाज यूएइले आबुधावीमा अलपत्र परेका ४ जना नेपालीहरुलाई खाद्यान्न सामग्री सहयोग गरेका छन्। समाजका वरिष्ठ सल्लाहकार विश्वदेव शाह र सदस्य कपिलदेव सुबेदीको पहलमा सहयोग संकलन गरेर खाद्यन्न सामाग्री सहयोग गरेका हुन्। 

उदयपुरका अनिल तामाङ र सविना तामाङ त्यस्तै सप्तरीका रामनाथ यादव, नवलपरासीका गोपाल प्रसाद बानिया रोयल डिस्काउन्ट सेन्टर, आबुधावी युएइमा काम गर्न गएका थिए। कोरोनाका कारण उनीहरुले काम गर्ने कम्पनी बन्द भएपछि बेरोजगार भएका हुन्।

नोवेल कोरोना भाइरसका कारण नेपालीहरु विदेशमा अलपत्र परिरहेका यो घटना प्रतिनिधि मात्र हुन। युएइमा उनीहरु करिब एक महिना अघिदेखि लकडाउनका कारण यस्तो समस्यामा परेका पिडितहरुले बताएका छन्। 

नोवेल कोरोना भाइरसका कारण कम्पनी बन्द हुदा कम्पनीले काम नभएपछि धेरै नेपालीहरु बेरोजगार भएका छन्। उनीहरुले नेपाल जाने टिकटसमेत लिएको भएपनि अचानक लकडाउनका कारण हवाई सेवा बन्द हुदा अलपत्र परेका हुन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...