News Portal

  • मकाउमा कल्याणकारी कोषको स्थापना

    हिमाली संचार संवाददाता
    १४३३ पटक
    २०७७ बैशाख १५, सोमवार

    मकाउ । मकाउमा उदय वाग्लेको अध्यक्षतामा बसेको बैठकले मकाउमा कल्याणकारी कोष “नेपाली सहयोगी हात“ स्थापना गरेको छ । मकाउमा बसोबास गर्नुहुने बिशेष ब्याक्तित्वहरुको, विशेष अग्रसरतामा मकाउमा व्यापार व्यवसाय, समाजसेवी, बुद्धिजीवी, गैरआवासीय नेपाली संघका पूर्वआइसीसी सदस्य, पुर्व एनआरएन अध्यक्ष र सदस्य लगायद मकाउमा कार्यरत नेपाली समुदायहरुको उपस्थितिमा “नेपाली सहयोगी हात” कल्याणकारी कोष स्थापना गरेका हुन् ।

    कल्याणकारी कोषको निर्देशक  उदय वाग्ले, अध्यक्ष सुदर्शन थापा मगर, महासचिव रमेश अधिकारी, कोषाध्यक्ष शम्सेर थापा मगर, संयोजक निर्मला थापा मगर र सह कोषाध्यक्षमा सन्जिब कोयी रहेका छन् । मकाउमा नेपाली समुदाय भित्र आकास्मिक भइ परी आउने संकटबाट उद्धार गर्नका लागि आपतकालीन उद्धार टोली समेत चयन गरेको छ। उद्धार टोलीमा मान बहादुर श्रेष्ठ, माईला विक, प्रेम विक, दीपक थापा र रोजन लामाको टोली रहेका छन्।

    कल्याणकारी कोषले अर्को बैठकमा निर्णय लिने गरी मिडिया, महिला सञ्जाल, संस्कृति महोत्सव र खेलहरू र सदस्यताको विषयमा छलफल गरेर समिति विस्तार गर्ने बताइएको छ। कल्याणकारी कोषले मिडिया पार्टनरशिपका लागि हिमाली संचार डटकम राख्ने निर्णय समेत गरेको छ। 

    कल्याणकारी कोषले नेपाली समुदायवीचको भाईचारा अभिवृद्धि तथा सदभावको लागि आगामी मे ३१ तारीख आइताबार व्याटमिनटन र बुद्धिचाल खेल समेत आयोजना गर्ने भएको छ। खेल हुने स्थान र पुरस्कारको विषयमा आगामी बैठकद्धारा सार्वजनिक गरेर जानकारी गरिने नवगठीत कोषका अध्यक्ष सुदर्शन थापा मगरले बताएका छन्। 

    संचालक समितिका निर्देशक उदय वाग्लेले कल्याणकारी कोषका लागि मकाउ डलर मोप. १० हजार कोषाध्यक्ष शम्सेर थापा मगरलाई  हस्तान्तरण गरेर कल्याणकारी कोषमा रकम जम्मा गरेर शुभारम्भ समेत गरेका छन्। निर्देशक वाग्लेले १० हजार सर्जिकल माक्स र १० थान सेनिटाइजर समितिमा हस्तान्तरण गर्ने धोषणा समेत गरेका छन् ।

    निर्देशक वाग्ले मकाउ र चीनमा विगत लामो समयदेखि व्यापार, व्यावसाय गर्दै आउनु भएको नेपाली समुदायका अगुवा समाजसेवी समेत हुन् । निर्देशक वाग्लेले दिएको सर्जिकल माक्स र सेनिटाइजर मकाउमा रहेका नेपाली समुदायका लागि वितरण गरिने समितिले जनाएको छ। 

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...