News Portal

मकाउमा कल्याणकारी कोषको स्थापना

हिमाली संचार संवाददाता
१५०८ पटक
२०७७ बैशाख १५, सोमवार

मकाउ । मकाउमा उदय वाग्लेको अध्यक्षतामा बसेको बैठकले मकाउमा कल्याणकारी कोष “नेपाली सहयोगी हात“ स्थापना गरेको छ । मकाउमा बसोबास गर्नुहुने बिशेष ब्याक्तित्वहरुको, विशेष अग्रसरतामा मकाउमा व्यापार व्यवसाय, समाजसेवी, बुद्धिजीवी, गैरआवासीय नेपाली संघका पूर्वआइसीसी सदस्य, पुर्व एनआरएन अध्यक्ष र सदस्य लगायद मकाउमा कार्यरत नेपाली समुदायहरुको उपस्थितिमा “नेपाली सहयोगी हात” कल्याणकारी कोष स्थापना गरेका हुन् ।

कल्याणकारी कोषको निर्देशक  उदय वाग्ले, अध्यक्ष सुदर्शन थापा मगर, महासचिव रमेश अधिकारी, कोषाध्यक्ष शम्सेर थापा मगर, संयोजक निर्मला थापा मगर र सह कोषाध्यक्षमा सन्जिब कोयी रहेका छन् । मकाउमा नेपाली समुदाय भित्र आकास्मिक भइ परी आउने संकटबाट उद्धार गर्नका लागि आपतकालीन उद्धार टोली समेत चयन गरेको छ। उद्धार टोलीमा मान बहादुर श्रेष्ठ, माईला विक, प्रेम विक, दीपक थापा र रोजन लामाको टोली रहेका छन्।

कल्याणकारी कोषले अर्को बैठकमा निर्णय लिने गरी मिडिया, महिला सञ्जाल, संस्कृति महोत्सव र खेलहरू र सदस्यताको विषयमा छलफल गरेर समिति विस्तार गर्ने बताइएको छ। कल्याणकारी कोषले मिडिया पार्टनरशिपका लागि हिमाली संचार डटकम राख्ने निर्णय समेत गरेको छ। 

कल्याणकारी कोषले नेपाली समुदायवीचको भाईचारा अभिवृद्धि तथा सदभावको लागि आगामी मे ३१ तारीख आइताबार व्याटमिनटन र बुद्धिचाल खेल समेत आयोजना गर्ने भएको छ। खेल हुने स्थान र पुरस्कारको विषयमा आगामी बैठकद्धारा सार्वजनिक गरेर जानकारी गरिने नवगठीत कोषका अध्यक्ष सुदर्शन थापा मगरले बताएका छन्। 

संचालक समितिका निर्देशक उदय वाग्लेले कल्याणकारी कोषका लागि मकाउ डलर मोप. १० हजार कोषाध्यक्ष शम्सेर थापा मगरलाई  हस्तान्तरण गरेर कल्याणकारी कोषमा रकम जम्मा गरेर शुभारम्भ समेत गरेका छन्। निर्देशक वाग्लेले १० हजार सर्जिकल माक्स र १० थान सेनिटाइजर समितिमा हस्तान्तरण गर्ने धोषणा समेत गरेका छन् ।

निर्देशक वाग्ले मकाउ र चीनमा विगत लामो समयदेखि व्यापार, व्यावसाय गर्दै आउनु भएको नेपाली समुदायका अगुवा समाजसेवी समेत हुन् । निर्देशक वाग्लेले दिएको सर्जिकल माक्स र सेनिटाइजर मकाउमा रहेका नेपाली समुदायका लागि वितरण गरिने समितिले जनाएको छ। 

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...