News Portal

पूर्वराजाले झै रास्ट्रपति र ओलीले गरे लोकतन्त्रमाथि “कू”

कर्ण बहादुर अधिकारी
६६७ पटक
२०७७ वैशाख १०, बुधबार

नेपाल कोभिड १९ को चपेटामा परी रहेको अबस्थामा राष्ट्रपति र प्रधानमन्त्रीले नयाँ अध्यादेश जारी गर्नुलाई राम्रो मान्न सकिदैन। यो कदम पूर्वराजा ज्ञानेन्द्र शाहले “कू” गरे झै लोकतन्त्रमाथिको “कू” हो। कोरनाको चपेटामा परेको नेपाल बर्तमान अबस्थासम्म आईपुग्दा दोश्रो चरणमा प्रबेश गरी सकेको छ।

बिशेषत: बिदेशीएका नेपालीहरू स्वदेश फर्कने क्रममा नै कोरना संक्रमित भएर फर्किएका थिए। हालसम्म नेपालमा ४५ जनामा कोरना पोजेटिभ देखिएको छ भने कयौ नागरीक क्वारेन्टाईनमा छन्।

सरकारले यस्तो अबस्थामा लक डाउन गरेकोमा सरकारको यो कार्यलाई समर्थन त गरीन्छ तर कोरना न्युनिकरण गर्नका लागि ओम्नी ग्रुपलाई स्वास्थ्य सामग्री खरीद गर्न दिई करोडौ रूपैयाको नितिगत भ्रष्ट्रचार भई रहदा प्रम ओलीले यस्तो अबस्थामा बेमौषमी बाजा बजाउनेहरूले बिरोध मात्र गरेका हुन भनेर राष्ट्रको नाममा संबोधन गर्नु दुर्भाग्य र खेद पूर्ण कुरा हो।

देश गम्भीर संकटमा फसेको बेला कसरी हुन्छ सबै राजनैतिक दलहरूसंग सहमति र सहकार्यमा काम गर्नुपर्नेमा प्रधानमन्त्रीले बिना प्रतिपक्ष र बिना सहमति दुई अध्यादेश राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पारीत गराउनु दुखद र खेद पूर्ण छ।

लोकतान्त्रिक देशमा अलोकतान्त्रिक पद्धतिबाट अध्यादेश जारी गरेर लोकतन्त्रलाई नै धरापमा पारेको प्रष्ट देखिएको छ।संवैधानिक परिषदमा प्रधानमन्त्री सहित प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, विपक्षी दलको नेता, उपसभामुख सदस्य हुन्छन्।

हरेक कुराको निर्णय गर्दा यी सबैको सहमति चाहिन्छ तर राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबाट अब दुई जनाको भरमा परिषद्का निर्णय गर्न मिल्ने भएको छ।

प्रम ओलीले दोश्रो पटक मृगौला प्रत्यारोपण गरी आरम लिदै हुनु हुन्छ। बिरामी प्रमलाई स्वास्थ्य लाभको कामना साथै बिचरा बिरामी ओली आफू बिरामी भएसंगै देशलाई नी बिरामी होईन निरोगी बनाउने सल्लाह दिनु तर्फ लाग्नु पर्नेमा ती भ्रष्ट्रचारी र आसेपासे कै कुरा सुनेर देशलाई नै रोगी बनाउन खोज्नुलाई राम्रो मान्न सकिदैन।

केपी ओलि १४ बर्ष जेल जीवन बिताएका र छोरा छोरी नभएका ब्यक्ति भएका कारण देश र जनताले यिनीबाट भ्रष्ट्राचार मुक्त देश बन्नेमा ठूलो आशा थियो तर दुर्भाग्य जनताले सोचे जस्तो भएन।देशलाई चरम भ्रष्ट्राचारको दलदलमा फसाईयो।

नेता मन्त्रीहरू रातारात मालामाल भई दियो। वाईडबडी काण्डको छानबिन नहुदै त्यसलाई पनि प्रम ओलीले भ्रष्ट्राचार नभएको भनी प्रमाणित गरी दिए। काण्डै काण्डको माला भिरेर आफुलाई नै माहान ठान्दैछन केपी ओली।

देश र जनता कोरनासंग लडि रहेको अबस्थामा राजनिति खिचातानी गरेर पद र कुर्सीका लागि लडी रहनेबाट देश र जनताले के आश गर्ने।संसार कोरनासंग लडी रहेको छ सबै देशका शाशकहरू जनताको सेवामा खटि रहेका छन तर हाम्रा प्रम र राष्ट्रपति खुसुक्क अध्यादेश पारीत गर्न तर्फ लागे।

प्रधानमन्त्रीलाई सल्लाह दिने सल्लाहकार पनि कस्ता हुन केपीले आफू खुशी मिडियामा कोरनाका बिषयमा बोलेका हुन की सल्लाकारले बोल्न लगाएका हुन बिश्व सामु नै लाज लाग्ने कुरा बोल्छन। कोरना निर्जीव हो रे, बोसोले बेरेको हुन्छ रे, तातोपानीले हात धुनु रे, आखाबाट कोरना सर्छ रे यस्ता वाईयात कुरा गर्दैछन्। जनता राहत नपाएर छटपटी रहेको बेलामा ८० करोड बितरण गरी सक्यौ भन्छन्। ब्यक्तिले राहत बाड्दा रिस गर्छन।

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई मजदुरलाई राहत बितरण गरेकै निहुँमा रातारात पक्राउ गर्छन।के ज्ञानेन्द्र शाही हत्यारा हो ? के ज्ञानेन्द्र शाही अधिनायकबादी हो ? के ज्ञानेन्द्र शाही देश द्रोही वा आतङ्कबादी हो ? के ज्ञानेन्द्र शाहीले दुखी पिडीतहरूलाई राहत बितरण गर्नु गलत हो ?

लाचार ओली सरकार यसरी सिआईडी र पोशाक धारी नेपाल प्रहरीलाई तैनाथ गर्न लाज लागेन ? यिनीहरूले कुनै दिन गुण्डाहरूलाई झै इन्काउण्टर गर्न बेर छैन तसर्थ नेपाली जनता एकजुट भएर यो सरकारको बिरूद्धमा आवाज उठाउनु जरूरी छ। लाचार सरकार निरङ्कुश बन्दै छ। यहि अबस्था रहेमा नेपालमा राष्ट्रपतिय प्रणाली चाडै नै अन्त्य भई राजतन्त्र पुनर्जीवित हुन बेर लाग्ने छैन।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...