News Portal

“म सञ्चै छु”

✍️ गौतम सागर राई
५६१ पटक
बैशाख ९ गत्ते २०७७

कविता “म सञ्चै छु”

आज भोली सबैले

सोध्छन सन्चो बिसन्चो

बरु सडकहरु खाली छन्

बजार हरुमा भिडभाड छैन

किनमेल हुँदैन खुशी

क्रेता र बिग्रेताहरुको

भाउ नमिले जस्तो

मोलमोलाई हुँदैन सामानहरुको

सयौ बर्ष देखी

दुस्मनी भए जस्तो

एक अर्कामा

आत्मियता छैन कोही संग

बरु मान्छेबाट मान्छे

डराउन थालेका छन

त्यसैले म पनि सन्चैछु ।

 

 

बन्द कोठा भित्रबाट

कती लेखौ, कती पढौ

मृत्यु, अभाब, निराशाका

समाचारहरु ….

मानौ, यस्तो लाग्छ

मृत्यु कुरेर भोली बिहानको

उज्यालोमा खुशिको

समाचार लेख्न पाउँ

हिजोको जस्तै

आफ्न्त बनुन मान्छेहरु

त्यही मान्छेहरु भित्र

बगिरहने भावनाको

नदी बनेर, कविता लेख्न सकौ

अनी सुनाउन पाउँ

लय हालेर मान्छेहरुलाई

त्यसैले म पनि सन्चैछु                           

कवि: गौतम सागर राई, हाल कोलोराडो, अमेरिका 

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...