आज : २०२६-०६-१८, बिहीबार

“म सञ्चै छु”

कविता “म सञ्चै छु”

आज भोली सबैले

सोध्छन सन्चो बिसन्चो

बरु सडकहरु खाली छन्

बजार हरुमा भिडभाड छैन

किनमेल हुँदैन खुशी

क्रेता र बिग्रेताहरुको

भाउ नमिले जस्तो

मोलमोलाई हुँदैन सामानहरुको

सयौ बर्ष देखी

दुस्मनी भए जस्तो

एक अर्कामा

आत्मियता छैन कोही संग

बरु मान्छेबाट मान्छे

डराउन थालेका छन

त्यसैले म पनि सन्चैछु ।

 

 

बन्द कोठा भित्रबाट

कती लेखौ, कती पढौ

मृत्यु, अभाब, निराशाका

समाचारहरु ….

मानौ, यस्तो लाग्छ

मृत्यु कुरेर भोली बिहानको

उज्यालोमा खुशिको

समाचार लेख्न पाउँ

हिजोको जस्तै

आफ्न्त बनुन मान्छेहरु

त्यही मान्छेहरु भित्र

बगिरहने भावनाको

नदी बनेर, कविता लेख्न सकौ

अनी सुनाउन पाउँ

लय हालेर मान्छेहरुलाई

त्यसैले म पनि सन्चैछु                           

कवि: गौतम सागर राई, हाल कोलोराडो, अमेरिका