News Portal

काण्डै काण्डको धरहरा निर्माण गर्दै सरकार

✍️ प्रदीप सुनुवार
९८० पटक
बैशाख ८ गते २०७७

नेकपाले चुनाव ताका होस या चुनाव पछि जनता यति सपनाको समुन्द्रमा नै डुबाएको थियो। जनताको पनि दुई तिहाइ बहुमत प्राप्त यो सरकारले अब केही गर्छ भन्ने आशा अपेक्षा थियोे । विडम्बना भन्नु पर्छ देशको गतिलाई यो सरकारले उल्टो दिशातर्फ मोडिदियो । नेकपा पार्टी अध्यक्ष साथै यो देशको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले केहि भन्न बाकी राखेको जस्तो लाग्दैन ।

उहाले जे भएपनि सपनामा मात्र भएपनी आम नेपालीलाई समृद्धि काखमा पुर्याइदिनु भयो। उहाँको उखान टुक्का निकै मजाको हुन्छन् यथार्थमा यसले धेरै नेपाली जनताहरु हासे रमाइलो गरे। उहाँको हसाउने क्रम जारिनै छ र अझै हामीले कति हास्नु पर्ने हो। हामी जनताहरुले कहिले एक पटक सोच्ने कोसिस गरेनौं की उहालाई गलत पदमा स्थान दियौं भनेर। हासो मजा, ख्याल ठट्टाले कुन देशहरु उन्नति प्रगति विकसित भएको छ। जनताहरुको दुख कष्ट , गरिबी, बाध्यताको मजाक बनाए दिएको छ। यो सरकार दुई तिहाईको मतले मातिएको जस्तो देखिन्छ।

इतिहासमा धेरै पार्टीले सरकार संचालन गरेका थिए तिनीहरु ठिक र आज यो सरकार मात्र गलत भन्ने मेरो धारणा होइन किनभने हिजोको राम्रो भएन भनेर जनताले यो सरकारलाई दुई तिहाई बहुमत सहित पठाएको थियो। तर यसको गलत दुरुपयोग गरियो । जनता विश्वास भावना माथी खेलबाड गरिएको छ। हिजो राज्य संचालन गर्नेहरु भ्रष्ट थिएनन भन्ने हाम्रो भनाइ होइन यो काम गलत हो र कसैलाई गर्ने छुट छैन भन्न खोजिएको हो। तर ऊ यसको विपरीत जादै छ। भ्रष्टाचारीको मुख नहेर्ने हाम्रो प्रधानमन्त्रीको बाचा कसम थियो। विगतमा पनि धेरै प्रकारको घटना भएका थिए, यसको मतलब आज उ गैरजिम्मेदारी हुनुपर्‍यो भन्ने होइन। 

“हिजोका राज्य व्यवस्था भन्दा आजको व्यवस्था फेरिएको फरक नया व्यवस्था हो।” आज यो लोकतन्त्र भनेको के राणा शासन जस्तै हो कि केही फरक हो यदि हो भने कसरी हो भन्ने हाम्रो प्रश्न हो। यो सरकारले राज्य संचालनको जिम्मा लिएपछि कुराहरू गरुम काण्डहरु अहिले मात्र भएको कुरा होइन कुरा के हो, भने किन यो सरकारले अपराधी भ्रष्टाचारीहरुप्रति किन प्रेम भाव देखाउदै छ।

यो सरकारले आफुले सरकार संचालनको जिम्मा लिएपछि कुनै घटनाको निष्कर्षमा पुग्न सकेन किन यसको कारण के हो? के कम्युनिस्ट भनेको यहि हो वा कम्युनिस्टको सिद्धान्तलाई कमाई खाने भाडाे बनाएको हो। कम्युनिस्टको सिद्धान्तले गरिबी गीत गाउदै गरिबहरुलाई झन गरिब बनाउने भन्ने हो बुझ्न सकिएन। भुकम्पले ध्वस्त पारेको धरहरा पुर्णनिर्माण नभइसक्दा यो सरकारले आफ्नो काण्डहरुको उचाई धरहराको भन्दा अग्लो भैइ सक्यो। 

“निर्मला हत्याकाण्ड, ३३ किलो सुनकाण्ड, वाइट बडिकाण्ड, महराकाण्ड, ललिता निवासकाण्ड, गोकुल काण्ड, स्वास्थ मन्त्रीकाण्ड यी मुख्य काण्डहरु हुन।”

यो कुनै घटनाहरुको आज सम्म अत्तोपत्तो छैन लाग्छ कहिलेकाही यहाँ राज्य पनि छ। भ्रष्टाचारीको हुलमा बसेर भ्रष्टाचारीको मुख नहेर्ने प्रधानमन्त्री भएको देशका जनता हामी ।

जनताले आफ्नो गुनासो सरोकारको कुराहरू सरकारलाई राख्ने हो राख्न पाउनु पर्छ। यो सरकारले कहिलेकाही त लाग्छ यो पनि निषेध गर्छकी भनेर किनभने उ किताबमा कर लगाउन पछि पर्दैन। उनीहरूले मान्छे मार्दा क्रान्ति हुने आज लोकतन्त्रमा माइतीघरमा शान्ति पुर्ण आन्दोलनहरुलाई पनि उसले निषेध गर्ने। आफुले गर्दा हरेक काम परिवर्तनको निम्ति हुने, अरुले गर्दा अन्य गतिविधि हुने। हिजो आफुहरुले सत्ता प्राप्त नहुदा सम्म राजा संस्थाको खर्च देशले धान्न नसक्ने भन्नेहरु तिनको भन्दा कयौं गुणा देशको ढुकुटीको दोहन गर्दैछ। 

जनताको आखामा छारो हाल्दै सामन्त वर्ग बुर्जुवा वर्ग तर्फ औला देखाउनेहरु आज उन्नत बुर्जुवा भैखाका छन। आम जनताको अघि नयाँ-नयाँ चलचित्रहरुको लाइन जस्तै गरि काण्डै- काण्डहरु प्रस्तुत भएको छ र ती सबै मतियारहरुले निशुल्क छुट पाए। यी त बाहिर आएको घटनाहरु प्रति यो सरकारले दिएको छुट भयो।

प्रधानमन्त्रीको अर्को श्लोगन थियो पानी जहाज, रेल, घर घरमा ग्यासको पाइपको ल्याउने कथाले पनि राम्रै बजार पाएको थियो। हामी कति सम्मको बेकुफ रहेछौ कि जुन देशमा समुन्द्र छैन त्यहाँ पानी जहाज आउँछ भन्दा सुनेर हो भन्ने। कुन भूपरिवेष्ठित मुलुकमा पानी जहाज चल्दो रहेछ। रेलको कुरा भन्दा पहिले भएको सडकलाई थप नया सडक व्यवस्थित गरेरपछि कुरा गर्दा उपयुक्त हुनेथियो। 

सिलिन्डरमा भनेको बखतमा ग्यास नपाउने ठाँउमा पाइपमा ग्यास दिने कुरा पनि गजबकै हो। यहाँ खाना खान नपाएर चिन्ता गर्नु नपर्ने, सुतेको ठाँउमै आएर खुवाउने भाका थियो । किन हाम्रो देशमा दोषीलाई कामकारबाही गर्न नमिल्ने हो? सानातिनालाई कार्वाहीको नाम गरी  ठुलालाई उन्मुक्ति दिने कस्तो चलन हो। एउटा प्रेमीले आफ्नो प्रेमिकालाई प्राप्त गर्न अनेकौं काल्पनिक बाचा कसम खाए जस्तै हाम्रो प्रधानमन्त्री ओलीले पनि बाकी केही छोडेनन्। 

हामी जनतालाई इतिहासमै ठुलो अप्रिल फुल बनाइदिए । यस्तै प्रकारको कुरा अरु कसैले भन्दा पनि यहो भन्ने कुरा हुने थियो जो मान्छे देशको सबैभन्दा धेरै बहुमत प्राप्त गर्ने पार्टीको अध्यक्ष देशको प्रधानमन्त्री जस्तो व्यक्तिले मनमा जे लाग्यो त्यही बोल्न उपयुक्त हुदैन थियो कि। पछिल्लो समय विरोध र आलोचना बढी हुन थालेपछि आफ्नो पार्टीलाई उहाले अरिङ्गालको उपनाम दिनुभएको थियो। उहाले नयाँ-नयाँ भाषा विज्ञानको सिर्जना गर्नुहुन्छ।

हामी जनताले के अपेक्षा गर्ने यस्तो सरकारबाट र यो सरकारले व्यवस्थापन गरेको न्यायपालिका, प्रशासन, सुरक्षाकर्मी, अख्तियार अनुसन्धान आयोगबाट सबै यिनैका मातहतका मानिसहरुबाट स्वचालित छन्। यो त बस् हामीलाई देखाउने बाटो मात्र हो। प्रधानमन्त्री गर्न चाहिँ होइन भन्न चाहिँ नसक्ने यो संसारमा केही छैन होला। के यो संसदीय व्यवस्थाको चरीत्र नै यस्तै हो या यो भन्दा केही राम्रो गर्न सकिन्थ्यो ।

✍️ प्रदीप सुनुवार, काठमाण्डौ नेपाल।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...