News Portal

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई खुला-पत्र

✍️अशोक राई
६०७ पटक
८ बैशाख २०७७

माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल ज्यु!एक महिना बित्न नपाउदै फेरि दोस्रो खुला पत्र मैले तपाईंको लागि लेख्दैछु। नलेखुम, मौन बसुम, समाचार र संचार माध्यममा पढेको र हेरेको कुरा, नपढे र नदेखे जस्तै गरी चुप बसम भने। तर पक्टकै सकिन। फेरि यसरी बस्न मेरो मन मान्दै मानेन। मेरो मस्तिष्कले मलाई बारम्बार यहि भनिरहयो भनिरहयो भनिरहयो… मैले बोल्नै पर्छ, मैले लेख्नै पर्छ। अन्तत मैले त्यही गरे, लेखे तपाईको लागि पत्र।

मन्त्री ज्यु, 

विश्वमा फैलिएको महामारी कोभिड-१९ अर्थात कोरोना भाईरसको त्रास नेपाली जनतामा देखिएको कुरा घाम झै छलङ्ग नै छ। महामारीलाई नियन्त्रण गर्न र यसलाई फैलिन नदिनको लागि सबै जनताहरु क्वारेन्टाइनमा बसेका छन। कोरोना भाईरसबाट बच्नको लागि रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन पत्रिका तथा दुरसचारहरुले जनचेतना दिईराखेका छन। अनावश्यक बाहिर निस्कन नदिनको सुरक्षाकर्मी दिनदिन रात खटिराखेका छन। रोगसंगको संक्रमणको युद्धमा चिकित्सकहरु मैदानमा उत्रिएका छन तर पनि नियन्त्रण अझै हुन सकेको छैन।

मन्त्री ज्यु,

“डाक्टरको काम बिरामी हेरेर औषधिको प्रेस्किप्सन लेख्ने मात्र होइन, रोग नै नलागोस भनेर जनतालाई सचेत गराउनु उसको भुमिका हो, दायित्व हो र उसको कर्तव्य हो ।

त्यो भन्दा ठुलो मानवीय धर्म पनि हो। तर आज, त्यही डाक्टरले रोग नै नलागोस भनेर जनतालाई सचेत गराउदै मानवीय धर्म निर्वाह गर्ने डाक्टरलाई कारबाही हुनु पर्ने यो कस्तो कानुन हो ? मन्त्री ज्यु ? बिना अपराध कुनै ब्यक्तिको रोजगारी हक खोस्न कुन संबिधानले दिएको छ ? कानुन भन्दा ब्यक्ति सर्बश्रेष्ठ भनेर कुन संबिधानको कुन धारामा लेखिएको छ ? 

मन्त्री ज्यु,

कारबाही हुनै पर्छ, जसले रोगको अफवाह फैलाएको छ, भ्रम सिर्जना गरेको छ। कोरोना भाईरस आफैमा निर्जीव बस्तु हो। तातोपानीले हात धुन्दा वोसिलो पर्दाथ पग्लने र भाईरस खतम हुने हुन्छ। मुख पछि आखाबाट चाडो सर्ने भएकोले मास्क भन्दा माथी चस्मा अनिवार्य लगानु पर्छ भन्न सिकाउने सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलिका सल्लाहकारहरुलाई ? सम्मानीय प्रधानमन्त्री ज्युलाई ? डा.अनुप सुबेदी भन्नु हुन्छ; “भाईरस आफैमा प्राणी हो, जुन बाहिरी वातावरणमा धेरै बाच्न सक्दैन र नया भाईरस पैदा गर्न पनि सक्दैन। किन कि यो भाईरस परजीवी हो। ” नाक, मुख र आखा कहाँबाट चाडो भाईरसहरु सर्छ त्यो अध्ययन अनुसन्धानले पुष्टि गरिसकेको छैन डा. सुबेदी भन्छ्न।

मन्त्री ज्यु,

भन्नुहोस् सम्मानीय प्रधानमन्त्री जस्तो पदमा बसेको सम्मानित ब्यक्तिले पुष्टि नभएका बिषयलाई कोरोना रोकथामको टिप्स भन्दै भिडियो कन्फरेसमा बोल्नु कत्तिको सान्दर्भिकता होला ? प्रधानमन्त्री ज्युले पुष्टि नभएको कुराहरु बोल्दा उहाँलाई पनि कार्बाही हुन्छ ? कि डा. अनुप सुबेदीलाई ? अहिलेको सरकार डा. डम्बर चेम्जोङले भने जस्तै आफै अनुहार ऎनामा हेर्दा हामी मुखले माक्सबादी हौं, चित्त र चिन्तनले सामन्तबादी हौं र जीबनशैली पुजीबादी हौं, भनेर प्रमाणित गरेको छ। 

मन्त्री ज्यु,

“आज ३ करोड नेपाली जनताले बुझ्न चाहेका छ्न के कारणले डा. शेरबहादुर पुनलाई कारबाही गरिएको हो ? पीपीई, किट जस्ता औषधि उपकरणको भष्टाचार काण्डमा मुछिएका मन्त्री आफैमा अयोग्य र असक्षम मन्त्री हुन भन्ने थाहा नै थियो ।

फेरि अर्को काम गराईको हर्कतले प्रमाणित गरिसकेको छ,  माननीय ढकाल एउटा असक्षम, अयोग्य मन्त्री हुन भनेर। 

याद रहोस मन्त्री ज्यु, महामारीको समयमा डा. पुनलाई कार्बाही गर्नु भनेको चिकित्सकहरुको मनोबल गिराउनु हो। कर्मचारीहरुको सेवामाथि भएको आक्रमण गर्नु हो। संक्रमण रोगको बिज्ञ वा अभिभावक गुमाउनु हो। देशलाई खाडल तिर निम्ताउनु हो। बिदेशमा पिएडी गरेका डा. पुनले आफै स्वदेशको लागि केहि गर्छु भनेर बिगत १८ बर्षदेखि लामो समय सम्म करारमा काम गर्न सोचको महान ब्यक्ति हुन। डा. पुन डाक्टर मात्र होइनन् उनी संक्रमण रोगको विज्ञ पनि हुन। जति खेर नेपालमा महामारीको रुपमा फैलिएको रोगहरु स्वाइनफ्लु, कालाजार, झाडा पखला, जापानिज इन्सेफ्लाईटिस, जन्डिस, मलेरिना डेगु जस्ता विरुद्ध सामना गर्दै ३ करोड नेपालीको ज्यान बचाउने डा. पनि हुन।

– लेखक राई, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य हुनुहुन्छ। समाजशास्त्र, स्नातकोत्तर किर्तिपुर, प्राईभेट राजनीति शात्र स्नातकोत्तर र एलएलबी नेपाल ल क्याम्पस काठमाण्डौ, नेपाल।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...