News Portal

  • अर्बपति शेष धले दाम्पतिद्वारा एक मिलियन अमेरिकी डलर सहयोग धोषणा

    हिमाली संचार संवाददाता
    ३०९ पटक
    बैशाख ६ गत्ते

    मेलबर्न – अष्ट्रेलियाका गैरआवासीय अर्बपति शेष घले तथा उनका पत्नी जमुना गुरुङले मेलबर्न इस्टिच्युट अफ टेक्नोलोजी एमआईटीमा अध्ययनरत विद्यार्थीका लागि १० लाख अमेरिकी डलर, करीब १२ करोड ३० लाख सहयोग घोषणा गरेका छन्। घले सन् २०१८ देखि निरन्तर अष्ट्रेलियाको अर्बपति सूचीमा रहेका छन्।

    अष्ट्रेलियामा कोरोना भाइरसको महामारीपछि विद्यार्थीहरुका लागि निजी स्तरबाट गरिएको अहिलेसम्मकै ठूलो सहयोग हो। उक्त विश्वविद्यालयमा विश्वभरिका विद्यार्थीको केन्द्र एमआईटीमा नेपली विद्यार्थी समेत अध्ययनरत रहेका छन्।

    अर्बपति सूचीमा रहेका घले दम्पतीले ‘सद्भाव कोष’ नाम दिएर आफ्नो निजी खाताबाट रकम प्रदान गर्ने जनाएका हुन्। हालै बसेको एमआईटी बोर्ड बैठकले घले दम्पतीले राखेको आर्थिक सहयोगको प्रस्ताव पारित गरेको छ।

    ‘नोवेल कोरोना महामारीले यो समयमा विश्वभर तनाव सिर्जना परीकहेको अबस्थामा अष्ट्रेलियामा पनि अध्ययनरत विद्यार्थी अप्ठ्यारोमा परेका छन्। यो विषम परिस्थितिमा विद्यार्थीलाई आर्थिक अभाव नहोस् भनेर सानो सहयोग घोषणा गरेका हौं’, शेष घले भन्छन्, ‘यो नाजुक अवस्थामा विद्यार्थीका लागि यो बाहेक अरु पनि आर्थिक सहयोगको डिजाइन गरिरहेका छौं।’ भनेर जानकारी दिएका छन्। 

    शुक्रबार घोषणा गरिएको सहयोग कोषबाट एमआइटीमा अध्ययनरत हरेक विद्यार्थीलाई ५ सय डलरसम्मको पहुँच सहजै हुनेछ। यो रकम भुक्तान गर्नुपर्ने दायित्व विद्यार्थीलाई पर्ने छैन।

    ‘कोरोना महामारीका कारण केही विद्यार्थीले गर्दै आएको पार्टटाइम काम गुमाएपछि अप्ठ्यारो अवस्थामा परेको हामीलाई जानकारी आएको छ’, शेष घले भन्छन्, ‘उनीहरु आफ्नो देश फर्किन समेत असमर्थ भइरहेको अवस्था छ। ढुक्कसँग अध्ययनमा केन्द्रित हुन सकुन भनेर यो सहयोग घोषणा गरेका हौं।’

    शेष घले दम्पतिले सन् १९९६ मा अष्ट्रेलियाको संघीय विश्वविद्यालयसँग साझेदारी गर्दै एमआइटी स्थापना गरेका हुन्। पछिल्लो समय उनी बहुराष्ट्रिय रुपमा रियल स्टेट र होटल व्यवसायमा केन्द्रित रहेका छन्।

    नेपालको लम्जुङमा सन् १९९० को दशकमा जन्मिएका विद्यार्थीको रुपमा अष्ट्रेलिया पुगेका घले छोटो समयमा उदाहरणीय प्रगति गर्ने नेपालीमा पर्छन्। अर्बपति धलेले सन् २०१३ देखि १७ सम्म चार वर्ष गैरआवासीय नेपाली संघको नेतृत्व समेत गरेका थिए।

    नेपालमा उनको झन्डै १२ अर्ब रुपैयाँको लगानीमा शेराटन काठमाडौं होटल निर्माणाधीन रहेको छ। नेपालमा परोपकारी काम गर्न घले दम्पत्तिले एमआइटी ग्रुप फाउण्डेसन स्थापना समेत गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    नुवाकोट धादिङ रसुवा समाज कुवेतका संस्थापक राकेश मनाङथेनले किन दिए राजीनामा?

    कुवेत, असार १० — नुवाकोट धादिङ रसुवा समाज, कुवेतका संरक्षक पदमा रहेर सेवा गरिरहेका संस्थापक...

    आज २०८२ साल असार १० गतेको राशिफल

    आज असार १०, २०८२ (जुन २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धनगढीमा कोठाभित्र मृत फेला परेकी युवतीको हत्या आशंका, अनुसन्धानमा प्रहरी

    धनगढी, असार ९ – धनगढी उपमहानगरपालिका–२, बैयाबेडीस्थित एउटा कोठामा एक युवती रहस्यमय अवस्थामा मृत फेला...

    ८ सय ८५ जना नेपालीले इजरायलबाट फर्कन नाम दर्ता, ‘श्रम संसार’ एप ल्याउन तयारी

    काठमाडौं, असार ९ – इजरायल–इरानबीचको बढ्दो तनावका कारण इजरायलमा रहेका नेपाली नागरिकहरू सुरक्षितरूपमा स्वदेश फर्कन इच्छुक...

    एसईई नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी, कार्यतालिका प्रभावित

    काठमाडौँ, असार ९ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा...