News Portal

अर्बपति शेष धले दाम्पतिद्वारा एक मिलियन अमेरिकी डलर सहयोग धोषणा

हिमाली संचार संवाददाता
३८५ पटक
बैशाख ६ गत्ते

मेलबर्न – अष्ट्रेलियाका गैरआवासीय अर्बपति शेष घले तथा उनका पत्नी जमुना गुरुङले मेलबर्न इस्टिच्युट अफ टेक्नोलोजी एमआईटीमा अध्ययनरत विद्यार्थीका लागि १० लाख अमेरिकी डलर, करीब १२ करोड ३० लाख सहयोग घोषणा गरेका छन्। घले सन् २०१८ देखि निरन्तर अष्ट्रेलियाको अर्बपति सूचीमा रहेका छन्।

अष्ट्रेलियामा कोरोना भाइरसको महामारीपछि विद्यार्थीहरुका लागि निजी स्तरबाट गरिएको अहिलेसम्मकै ठूलो सहयोग हो। उक्त विश्वविद्यालयमा विश्वभरिका विद्यार्थीको केन्द्र एमआईटीमा नेपली विद्यार्थी समेत अध्ययनरत रहेका छन्।

अर्बपति सूचीमा रहेका घले दम्पतीले ‘सद्भाव कोष’ नाम दिएर आफ्नो निजी खाताबाट रकम प्रदान गर्ने जनाएका हुन्। हालै बसेको एमआईटी बोर्ड बैठकले घले दम्पतीले राखेको आर्थिक सहयोगको प्रस्ताव पारित गरेको छ।

‘नोवेल कोरोना महामारीले यो समयमा विश्वभर तनाव सिर्जना परीकहेको अबस्थामा अष्ट्रेलियामा पनि अध्ययनरत विद्यार्थी अप्ठ्यारोमा परेका छन्। यो विषम परिस्थितिमा विद्यार्थीलाई आर्थिक अभाव नहोस् भनेर सानो सहयोग घोषणा गरेका हौं’, शेष घले भन्छन्, ‘यो नाजुक अवस्थामा विद्यार्थीका लागि यो बाहेक अरु पनि आर्थिक सहयोगको डिजाइन गरिरहेका छौं।’ भनेर जानकारी दिएका छन्। 

शुक्रबार घोषणा गरिएको सहयोग कोषबाट एमआइटीमा अध्ययनरत हरेक विद्यार्थीलाई ५ सय डलरसम्मको पहुँच सहजै हुनेछ। यो रकम भुक्तान गर्नुपर्ने दायित्व विद्यार्थीलाई पर्ने छैन।

‘कोरोना महामारीका कारण केही विद्यार्थीले गर्दै आएको पार्टटाइम काम गुमाएपछि अप्ठ्यारो अवस्थामा परेको हामीलाई जानकारी आएको छ’, शेष घले भन्छन्, ‘उनीहरु आफ्नो देश फर्किन समेत असमर्थ भइरहेको अवस्था छ। ढुक्कसँग अध्ययनमा केन्द्रित हुन सकुन भनेर यो सहयोग घोषणा गरेका हौं।’

शेष घले दम्पतिले सन् १९९६ मा अष्ट्रेलियाको संघीय विश्वविद्यालयसँग साझेदारी गर्दै एमआइटी स्थापना गरेका हुन्। पछिल्लो समय उनी बहुराष्ट्रिय रुपमा रियल स्टेट र होटल व्यवसायमा केन्द्रित रहेका छन्।

नेपालको लम्जुङमा सन् १९९० को दशकमा जन्मिएका विद्यार्थीको रुपमा अष्ट्रेलिया पुगेका घले छोटो समयमा उदाहरणीय प्रगति गर्ने नेपालीमा पर्छन्। अर्बपति धलेले सन् २०१३ देखि १७ सम्म चार वर्ष गैरआवासीय नेपाली संघको नेतृत्व समेत गरेका थिए।

नेपालमा उनको झन्डै १२ अर्ब रुपैयाँको लगानीमा शेराटन काठमाडौं होटल निर्माणाधीन रहेको छ। नेपालमा परोपकारी काम गर्न घले दम्पत्तिले एमआइटी ग्रुप फाउण्डेसन स्थापना समेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...