News Portal

नेपाली जन-सम्पर्क समिती कुवेतले निकाल्यो यस्तो बिज्ञप्ती

हिमाली संचार संवाददाता
३८७ पटक

कुवेत – विश्व मानव जातिको अस्तित्वलाई नै कोरोना भाइरस (Covid 19) संक्रमणको महामारीले चुनौती दिइरहेको कुरा समस्तमा जगजाहेर नै छ। यसै सन्दर्भमा कुवेत सरकारले चालेको सह्रानीय कदमहरु मध्ये गैर- कानुनी रुपमा कार्यरत आप्रवासी कामदारहरुलाई बिना सर्त अनि बिना कुनै जरिवाना कुवेत सरकारकै खर्चमा क्वाइरेन्टाइन व्यवस्था गरि कोरोना टेष्ट पश्चात MOH कुवैतले, तोकेको मापदन्ड अनुसार संक्रमित भएकालाई उपाचार गर्ने, स्वस्थ रहेकाहरुलाई स्वदेश फर्काउने तथा पुन: कुवैत प्रवेश गर्न इच्छुक ब्यक्ति सजिलै आउन सक्ने गरी कुवैत सरकारले सुवर्ण अवसर प्रदान गरेकोमा हामी कुवेतबासी नेपालीहरु आभारी छौ। यस अवसरलाई विभिन्न देशले आफ्ना नगारिकलाइ स्वदेश फर्काइ रहेका छन् भने धेरै जसो देशहरुले पनि पठाउने प्रकृयाको तयारी गरिरहेका छन्। तर नेपाल सरकार र नेपाली राजदूतावास कुवेतले भने अवैधानिक नेपाली कामदारहरु स्वदेश पठाउने बारे ठोस निर्णय गर्न नसकेको अवस्था देखिन्छ। त्यसकारण गैर कानुनी रुपमा रहेका धेरै नेपाली दाजुभाई-दिदिबहिनीहरु एकदमै चिन्तित र त्रासित अवस्थामा छन्।

नेपाली राजदूतावास कुवेतले जिम्मेवारपुर्वक आफ्नो नागरिकहरुको उद्दार र सुरक्षाको लागि तत्काल कुवेत सरकारसंग आवश्यक समन्वय गरी कुवेतमा गैर कानुनी रुपमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु तोकिएको समयमा सहज र सुरक्षित रुपमा नेपाल फर्काउन निर्णायक कदम चालियोस। नेपाल सरकारले आफ्ना नागरिकहरुको सुरक्षाका लागि उचित व्यवस्थापन गर्न सम्बधित सम्पुर्ण निकायलाइ तदारुकता साथ निर्देशन गरी काठमान्डौमा क्वारेन्टाइनको सुविधाको व्यवस्थापन गर्दै घर सम्म पुर्याउने वातावरण सिर्जना गरोस। हामी यस आममाफीको अवसरलाई नेपाली दाजुभाइ-दिदीबहिनीहरुलाई पनि उपयोग गर्न सक्ने गरी सजिलो प्रकृयाहरु शुरु गर्न नेपाली काँग्रेसको प्रवास संगठन, नेपाली जनसम्पर्क समिति कुवेत मार्फत नेपाली राजदुतावास कुवेत तथा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउदछ।

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...