News Portal

नेपाली समाज कुवेतले निकाल्यो यस्तो बिज्ञप्ती

हिमाली संचार संवाददाता
७५१ पटक
अप्रिल १२, २०२० आइतबार

कुवेत – कोरोना भाइरस(Covid 19) संक्रमणको महामारीले विश्व मानव जातिलाई तहस-नहस बनाई रहेको कुरा समस्तमा जगजाहेरनै छ। यसै सन्दर्भमा कुवेत सरकारले चालेको सह्रानीय कदमहरु मध्ये गैर- कानुनी रुपमा कार्यरत आप्रवासी कामदारहरुलाई बिना सर्त आफ्नै खर्चमा आप्रबासी नागरिकहरुलाई क्वाइरेन्टाइन व्यवस्था गरि कोरोना टेष्ट पश्चात MOH कुवैतले,तोकेको मापदन्ड अनुसार संक्रमित भएकालाई उपाचार गर्ने, स्वस्थ्य रहेकाहरुलाई स्वदेश फर्काउने तथा पुन: कुवेत प्रबेश गर्न इच्छुक ब्यक्ति सजिलै आउन सक्ने गरी कुवेत सरकारले सुवर्ण अवसर प्रदान गरेकोमा हामी आभारी छौ।

यो अवसरमा विभिन्न देशले आफ्ना नगारिकलाई स्वदेश फर्काइ सकेको छ भने, धेरै जसो देशहरुले पनि पठाउने प्रकृयाको तयारी गरिरहेका छन। तर नेपाल सरकार र नेपाली राजदूतावास कुवेतले भने अबैधानिक नगरिक स्वदेश पठाउने बारे ठोस निर्णय गर्न सकेको छैन।

त्यस कारण गैर कानुनी रुपमा रहेका धेरै नेपाली दाजुभाई-दिदिबहिनीहरु एकदमै चिन्तित र त्रासित अवस्थामा छन। तत्काल कुवेत सरकारसंग समन्वय गरी कुवेतमा गैर कानुनी रुपमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु तोकिएको समयमा सहज र सुरक्षीत रुपमा नेपाल फर्काउन निर्णायक कदम चालियोस।

नेपाल सरकारले आफ्ना नागरिकहरुको सुरक्षाका लागि उचित ब्यबस्थापन गर्न सम्बधित सम्पुर्ण निकायलाइ तदारुकता साथ निर्देशन गरि काठमान्डौमा क्वारेन्टाइनको सुबिधाको ब्यबस्थापन गर्दै घर सम्म पुर्याउने बताबरण सिर्जना गरोस।हामी यस आममाफिको समयलाई नेपाली दाजुभाइ-दिदीबहिनीहरुलाई पनि उपयोग गर्न सक्ने गरि सजिलो प्रकृयाहरु शुरु गर्न समाजवादी पार्टी नेपालको प्रवास संगठन, नेपाली समाज कुवेत मार्फत नेपाली राजदुतावास कुवेत तथा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउदछौ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...