News Portal

मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत राजदूतहरुले एक महिनाको तलब राहतकोषमा जम्मा गर्न

हिमाली संचार संवाददाता
३८९ पटक

युएइ– मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो १ महिनाको तलब नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष मा जम्मा गर्ने निर्णय गरेका छन् ।

युएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार कोरोना भाइरसका कारण विश्वनै आक्रान्त बनेको अवस्थामा देश र देशवासीको जीवनरक्षाका लागि आफ्नो दायित्व सम्झेर नेपाल सरकारद्वारा स्थापितकोषमा युएइ, इजरायल, इजिप्ट , पाकिस्तान , बहराइन, कतार, ओमान, कुवेत र साउदी अरेवियामा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो एक महिना बराबरको तलब जम्मा गर्ने निर्णय चैत २९ गते शनिबार गरेका हुन् ।

९ जना राजदूतको एक महिनाको तलव नेपाल सरकारका उपप्रधानमन्त्री तथा संस्कृतिमन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय राहतकोषमा जम्मा हुनेछ ।
नेपाल सरकारद्वारा प्रमाणिकृत र सह प्रमाणिकृत गरेर युएइमा कृष्णप्रसाद ढकाल, ओमानमा शर्मिला पराजुली ढकाल, इजरायलमा डा.अन्जान शाक्य, इजिप्टमा झविन्द्रप्रसाद अर्याल, कतारमा नारथनाथ भारद्वाज,
कुवेतमा दुर्गाप्रसाद भण्डारी, पाकिस्तानमा सेवा लम्साल, बहराइनमा पदम सुन्दास र साउदी अरेबियामा प्रा.डा. महेन्द्रप्रसादसिंह राजपुत राजदूतका रूपमा कार्यरत छन् ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...