News Portal

नेपालीको विवरण संकलन गर्न थालियो दुबईमा

हिमाली संचार संवाददाता
४३६ पटक

युएई– कोरोना भाइरसको सम्भावित खतराबाट जोगाउने उद्देश्यले दुबईमा रहेका नेपालीहरुको विवरण संकलन गर्न थालिएको छ।

एनआरएनए युएईसँगै नेपाल आदिवासी जनजाति महासंघ युएई,शेर्पा किदुङ,नेपाल मगर संघ युएईको संयुक्त पहलमा विवरण संकलन गर्न थालिएको हो।

दुवईको स्थानीय सुरक्षा निकायको समन्वयमा गैर आवासीय नेपाली संघ(एनआरएनए) युएईसहित अन्य नेपाली समुदायका प्रतिनिधिहरुले आज वरदुबई स्थित नेपाली बसोबास गर्ने स्थानहरु मिनाबजार,अल सुक,अल रफ्फा, करामा मनखुल,बुर्जुमान,खालिद बिन बलिद,अल हमरिया एरियामा विवरण संकलन गरिएको नेतृत्व टोलिका प्रमुख पासाङ रेन्जी शेर्पाले रातोपाटीलाई बताए।

टोलीले उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीहरुसँग भेटघाट गरि हुनसक्ने सम्भावित खतराबाट सुरक्षित रहन सबैमा आग्रह समेत गरे। पाँच दर्जन भन्दा बढी नेपालीहरु भेट गरिएको र जसमध्ये एक जना कोरोना संक्रमित नेपाली भेटिएको बताउँदै उनले ती व्यक्ति आफ्नै सेल्फ क्वारेन्टाईनमा बसेको र अवस्था सामान्य रहेको बताए।

टोलीमा गैर आवासीय नेपाली संघ(एनआरएनए) मध्यपुर्व उपसंयोजक मनोज गोर्खाली,एनआरएनए युएईका केन्द्रीय सदस्य सुजन सापकोटा, रमेश गौतम, नेफिन युएईका संरक्षक समिती सदस्य टंक थापा मगर, नेपाल मगर संघ शाखा युएई प्रतिनिधि सुनिता थापामगर, शेर्पा किदुग युएई प्रतिनिधि निमा ल्हमु शेर्पा र अमन थापा लगायत अन्य नेपाली समूदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

यस्तो कठिन परिस्थितिमा सामाजिक अभियान्ताहरुले गरेको सहारनीय काम प्रति सामाजिक संजालमा धेरैले प्रशंशा गरेका छन्।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...