News Portal

एनआरएनए कुवेतले गर्‍यो आपातकालिन समिती गठन

हिमाली संचार संवाददाता
५६४ पटक

कुवेत– विश्व यतिबेला कोरोना भाईरससंग न्वारानदेखिको बल निकालेर लडिरहेको छ। हामी पनि कोरोना भाइरसको नियन्त्रणका लागि कुवेत सरकारको निर्देशनलाइ आत्मासाथ गर्दै कोरोना महामारी संग लडिरहेका छौँ। विश्व नै आतंकित बनिरहेको बेला हामी पनि पक्कै कहिँ न कतै कुनै न कुनै अभाव र प्रभावमा आतंकित छौँ नै।
यद्यपि आफुलाइ उच्च मनोबल सहित मजबुत बनाउनु पनि कोरोना संगको युद्धमा जित्नको लागि एउटा विशेष हतियार हो। त्यो भन्दा ठूलो हतियार भनेको आफ्नो सुरक्षा आफै गर्ने हो। कुवेत सरकारले निदेश गरेको निर्देशन पालना गर्नु, बारम्बार साबुन पानीले मिची मिची कम्तिमा २० सेकेन्ड हात धुनु, स्यानिटाइजर प्रयोग गर्नु र जति सक्दो धेरै तातो पानी पिउनु भनेको आफ्नो सुरक्षा आफै गर्नु हो।

तसर्थ, नेपाल सरकारले अपनाएको एउटा मुल मन्त्र “जहाँ छौँ त्यही सुरक्षित रहौँ।” भन्ने नारालाइ आत्मा साथ गर्दै, सुरक्षित र ढुक्क साथ यथास्थानमा रहनुहुन गैरआवसिय नेपाली संघ (NRNA/NCC) कुवेत तपाईंहरु सम्पुर्णमा हार्दिक अनुरोध गर्दछ। जहाँसम्म कुवेत सरकारले जारी गरिएको आममाफीको बारेमा NRNA कुवेतले नेपाली दूतावास र NRNA केन्द्र मार्फत पहल भइरहेको जानकारी गराउँदछौँ। यदि नेपाल सरकारले यश बिसयमा अवैधानिकहरुको कामदारहरुको पक्षमा कदम चाल्ने अवस्था भएको खन्डमा यहाँहरुलाइ शिविरसम्म पुग्नको लागि सहजीकरणको भुमिका निर्वाह गर्नेछौं।

गैरआवसिय नेपाली संघले कोरोना भाइरसका कारण भोलि नेपाली कामदारहरुलाइ आइपर्न सक्ने समस्याको मध्यनजर गर्दै गैरआवसिय नेपाली संघ कुवेतको अध्यक्ष सुजन केसि ज्युको संयोजकत्वमा “आपातकालिन समिती” निर्माण गरि कोरोनाको कारण लामो समयदेखी कम्पनी बन्द भइ खानाका लागि अत्यन्तै समस्यामा परेका नेपाली कामदारहरुलाई दैनिक जिवनयापनमा अत्यावश्यक खाद्य सामाग्रीहरु वितरण गर्ने जानकारी गराउन चहान्छौँ।

तसर्थ, तपाईंहरुको साथमा हामी NRNA/NCC कुवेत सधैँ रहेकोले यदि तपाईँहरु मध्ये कोहि काम बन्द भएको कारण खान नपाई नाजुक स्थितिमा हुनुहुन्छ भने हामी NRNA कुवेतलाइ सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ। नेपालमा राहत वितरणमा देखिएका समस्याहरुलाइ मध्यनजर गर्दै कम्पनिबाट तलव पाइरहनुभएका वा खानका लागि ब्यबस्थापन गरिरहनुभएका तपाईहरुले कृपा गरि यहाँसम्म पुग्ने कष्ट नगर्नुहुन समेत आग्रह गर्दछौँ। NRNA कुवेतले खान बिना कोहि नेपाली कामदारले पनि ज्यान गुमाउन नपरोस भन्ने हेतुले जीवन रक्षाका लागि मात्र यो अभियान चालेको यहाँहरुलाइ जानकारी गराउँदछौँ। NRNA कुवेतले वास्तविक पिडित हुन कि होइनन भन्ने पहिचान गर्न र खाद्य सामाग्री वितरण गर्न आधिकारिक फारम समेत ब्यबस्था गरेको छ। उक्त फारमलाइ अध्यन गरि वास्तविक पिडित ठहरिएमा वहाँहरुलाइ दाल, चामल, तेल र नुन जस्ता अत्यावास्यक खाद्य सामाग्री वितरण गरिने ब्यहोरा सम्पुर्णमा जानकारी गराउँदछौँ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...