News Portal

मकाउमा हुने नेपालीलाई व्यक्तिगत विवरण दर्ता गर्न दूतावासको आग्रह

हिमाली संचार संवाददाता
१४२३ पटक
२७ चैत्र २०७६

हङकङ – नेपाली महावाणिज दूत “कन्सुलेट जनरल” हङकङले हङकङ-मकाउमा रहेका नेपाली समुदायका व्यक्तिगत विवरण दर्ता गर्न अपील गरेको छ।

हङकङस्थित दूतावास “ कन्सुलेट जनरल” हङकङले फेसबुक पेजमार्फत कोरोना भाइरस (कोभिड १९) महामारीले नेपाली समुदायको विभिन्न अप्ठ्यारो परिस्थितिको सिर्जना हुदा सिधा सम्पर्क गर्नका लागि व्यक्तिगत विवरण, स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाउन समेत अनुरोध गरेको छ।

महावाणिजदूत कमल प्रसाद भट्टराईका अनुसार “समान्य व्यक्तिगत विवरण मागिएको छ, नेपाली समुदाय संग सिधा सम्पर्कका लागि सहज होस भन्ने उदेश्यले” व्याक्तिगत विवरण भर्न अनुरोध गरेका हौ। तंथ्याक संकलन गर्दा सरकार र जनताका लागि हितकर हुने जानकारी दिए।

नेपाली महावाणिज्य दूतावास हङकङको वेवसाइटमा सबैले व्यक्तिगत विवरण दर्ता गर्न सकिने जनाएइको छ।

आफ्नो विवरण दर्ता कसरी गर्ने?

– सबैभन्दा पहिलो महावाणिज्य दूतावासको https://hkg.nepalconsulate.gov.np/  प्रवेश गर्ने।

– साइट खोलेपछि दूतावासको सूचना डिस्प्ले हुन्छ, त्यसलाई क्लोज गर्ने।

– त्यसपछि साइटको माथिल्लो भागमा निलो अक्षरमा (Eamergency Registration) भन्ने डिस्प्ले देखिन्छ, त्यसलाई क्लिक गर्ने।

– त्यसपछि व्यक्तिगत विवरण भर्नुपर्ने फाराम उपलब्ध हुनेछ, त्यही अनुसार विवरण भरेर आफ्नो विवरण (submit) मा क्लिक गर्ने। त्यसपछि तपाईंको व्यक्तिगत विवरण जनरल कन्सुलेट हङकङका कार्यालयमा पुग्ने छ।

तपाई दोधारमा पर्नु भयो भने दूतावासको सम्पर्क नम्बरमा २३६९ ७८१३ / ९८७९ ५७५० सम्पर्क गरी विवरण भर्न सक्नु हुने छ। 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...