News Portal

साउदी अरबमा ४ जना नेपालीलाई कोरोना संक्रमण

हिमाली संचार संवाददाता
४९३ पटक
अप्रिल ०८, २०२० बुधबार

साउदी : कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित भएका छन्। हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ।

अमेरिकामा ५, बेलायतमा २ र संयुक्त अरब इमिरेट्स (युएई) मा १ नेपालीको ज्यान गइसकेको छ। १ सय भन्दा बढी नेपाली विभिन्न मुलुकमा कोरोनाको सङ्क्रमणमा परेका छन्।

नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म ४ जना नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ। सङ्क्रमण भएकामध्ये ३ जना निको भई काममा फर्किएका रियादस्थित नेपाली दूतावासले जनाएको छ। अन्य १ जनाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

निको भएर काममा फर्किएका नेपालीसँग नियमित सम्पर्कमा रहिरहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार उनीहरुबाहेक थप नेपालीमा कोरोना सङ्क्रमण भएको जानकारी प्राप्त भएको छैन।

साउदी अधिकारीहरुले जारी गरेको तथ्याङ्क अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २ हजार ९ सय ३२ पुगेको दूतावासले जानकारी दिएको छ। साउदीले कोरोनाको सङ्क्रमण फैलन नदिन मुलुकभर कर्फ्यू लगाएको छ।

दूतावासले विदेशी नागरिकसँग काम गर्दा, हिँड्डुल, उठबस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्न तथा एकअर्काबीच दूरी कायम गर्न त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेको छ। साउदीमा २ लाखभन्दा बढी नेपाली कार्यरत रहेको बताइन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...