News Portal

नेपाल एशोसियसन यूएईले स्वदेश फर्कनेका लागि व्यवस्थापन गरिदिन गरायो दूतावासको ध्यानाकर्षण

हिमाली संचार संवाददाता
६०३ पटक
अप्रिल ०७, २०२० मंगलबार

युएई : नेपाल एशोसियसन (एनआरएनए) यूएईले नेपाल फर्कन चाहने इच्छुक नेपालीहरुका लागि उचित बाताबरण मिलाइदिन नेपाली राजदूतावास यूएईको ध्यानाकर्षण गरेको छ।

मंगलबार एशोसियसन यूएईका महासचिव नर बहादुर सेन (नरेश सेन)द्वारा हस्ताक्षरित जारी गरिएको एक बिज्ञप्तीमार्फत दूतावासको ध्यानाकर्षण गराइएको हो।

महासचिव सेनद्वारा जारी उक्त बिज्ञप्तीमा भनिएको छ, “नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण धेरै नेपालीहरुले आफ्नो काम गुमाउनु परेको, भिजिटमा रहनुहुने नेपालीहरुलाई खान/बस्न समस्या परेको, हाल काम गरिरहेका कम्पनीहरुमा घट्दो तलबमा काम गर्नु परेको, संक्रमणको थ्रेसहोल्डका आधारमा प्राथमिकता दिनुपर्ने भएकोले क्याम्पमै लकडाउन हुनु परेको र भिषा क्यान्सिल भई घर जान नपाएर अलपत्र परेका नेपालीहरुको समस्या बताईएको छ।”

यूएईबाट नेपाल जान चाहने नेपालीहरुको प्रस्थानका लागि नेपाल सरकारसमक्ष एशोसियसनको अनुरोधलाई अविलम्ब पुर्‍याइदिएर चाडो भन्दा चाडो प्रकृया शुरु गर्न दूतावास युएईलाई अनुरोध गरिएको छ।

यूएईमा रहेका सम्पूर्ण नेपालीहरुको अभिभावकत्वको अविभारा लिइरहेका नेपाली राजदूतावासका महामहिम राजदूत कृष्ण प्रसाद ढकाल लगायत दूतावास युएईका सम्पूर्ण कर्मचारीहरुले पुर्‍याएको योगदानको उच्च कदर गर्दै नेपाल एशोसियसन यूएईले धन्यवाद दिएको छ।

साथै एशोसियसन (एनआरएनए), यूएईले दूतावासलाई आवश्यक परेको खण्डमा नेपाल जान चाहने व्यक्तिहरुको डाटा संकलन एवं परामर्शमा समेत भरपुर सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेको छ।

यस्तो छ एशोसियसन (एनआरएनए) यूएईले जारी गरेको बिज्ञप्ती:

पत्र संख्याः ०९/०४/२०      मितिः ०७/अप्रिल/२०२०

महामहिम राजदूत श्री कृष्ण प्रसाद ढकाल ज्यू,
नेपाली राजदूतावास,
अबुधावी, यूएइ।

विषयः यूएईबाट नेपाल जान चाहने इच्छुक नेपालीहरुका लागि व्यवस्थापन गरि पाउँ।

उपरोक्त सम्बन्धमा नोवेल कोभिड-१९ का कारण धेरै नेपालीहरुले आफ्नो काम गुमाउनु परेको, भिजिटमा रहनु हुने नेपालीहरुलाई खान/बस्न समस्या परेको, हाल काम गरिरहेका कम्पनीहरुमा घट्दो तलबमा काम गर्नु परेको, संक्रमणको थ्रेसहोल्डका आधारमा प्राथमिकता दिनु पर्ने भएकोले क्याम्पमै लकडाउन हुनु परेको, र भिषा क्यान्सिल भई घर जान नपाउँदा अलपत्र परेको स्थिती यहाँहरुलाई सर्वविदितै छ । तसर्थ, आज सर्वोच्च आदालतले सम्पूर्ण नेपालीको हितका लागि गरेको निर्णयलाई (परिशिष्ट १) हृदय देखि स्वागत र धन्यवाद टक्रयाउँदै, हरेक विषम परिस्थितीको अभिभावक हजुर नेपाली राजदूतावास समक्ष यूएइबाट नेपाल जान चाहने नेपालीहरुको प्रस्थानकालागि नेपाल सरकार समक्ष हाम्रो विन्ती पुर्याइदिन र प्रकृया अविलम्ब शुरु गर्न हुनु हार्दिक अनुरोध गर्दछौं।

अन्तमा, यूएइस्थित सम्पूर्ण नेपालीहरुको अभिभावकत्वको अविभारा निभाउँदै आउनु भएका नेपाली राजदूतावासका महामहिम एवं सम्पूर्ण कर्मचारीहरुलाई यहाँहरुले पुर्याउनु भएको योगदान र उत्तरदायित्वको उच्च कदर गर्दै धन्यवाद दिन चाहन्छौं। र, आवश्यक परेको खण्डमा नेपाल जान चाहने व्यक्तिहरुको डाटा संकलन एवं परामर्शमा समेत हामीले सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं।

घरमै बसौं। सुरक्षित रहौं।

भवदीय,
नरेश सेन
जनरल सेक्रेटरी,
नेपाल एशोसियसन (एनआरएनए), यूएई

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...